• २०८१ बैशाख ११ मंगलबार

कार्ल्सबर्ग गल्फ सिरिज २०१९ को उपाधि मेजर निश्चय रायमाझीले जिते

kharibot

काठमाडौं । कार्ल्सर्ग गल्फ सिरिज् २०१९ को अन्तिम लिग अर्थात देशको सबैभन्दा प्रतिष्ठित गल्फिङ इभेन्टको अन्तिम सिरिज् भव्यरुपमा समाप्त भएको छ ।

यस प्रतियोगितामा देशका प्रमुख उदयमान गल्फरहरुको कडा प्रतिस्पर्धा र गल्फ प्रतिको माया देखिएको थियो । 

३ वटा सिरिज् मध्येको अन्तिम सिरिज्मा आफ्नो होम क्लबहरुको भ्यालिड ह्याण्डीक्याप भएका देशभरिका उदयमान–गल्फरहरुलाई पनि यस इभेन्टमा सुनौलो मौका प्रदान गरिएको थियो ।  

मेजर निश्चय रायमाझीले २७५ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर काल्र्सबर्ग गल्फ सिरिज् २०१९को नेट  च्याम्पीयन भएका छन् र उपहार स्वरुप मलेसियामा हुने गल्फ टुर्नामेन्टमा सहभागि हुने अवसर प्राप्त गरेका छन् साथै तासी क्षिरिङले २१० अंक प्राप्त गरी सिरिजको ग्रस च्याम्पियन बन्न सफल भएका छन् ।

मेजर निश्चय रायमाझीले ३७ अंक प्राप्त गरी टप पोजिसन हासिल गरेर नेट विजेता भएका छन् भने श्री तासी क्षिरिङ्गले ३५ अंक प्राप्त गरी अन्तिम सिरिजको ग्रस विजेता बन्न सफल भएका छन् । श्री राज प्रधान ३५ अंक काउन्ट ब्याकका साथ नेट उप–विजेता बने ।३० अंक काउन्ट ब्याकका साथ श्रीमती प्रतिभा राई महिला तर्फका विजेता बन्न सफल भएकी छिन् भने ३० अंक काउन्ट ब्याकका साथ श्रीमती करिस्मा साह उप विजेता बनेकी छिन् । यसै गरी ६० वर्ष र त्यसभन्दा माथिका सहभागीहरुका सिनियर विधामा ३४ अंकका साथ मदन राणा विजेता भए ।

५ बर्डिज साथ विजय एस. इनहउसले मष्ट बर्डिजका उपाधि जिते । वाङ्गछेन धोन्डोप र लि उई जीले भने क्रमशः लङ्गेष्ट ड्राइभ र क्लोजेष्ट टु द पिन जिते ।

¾ ह्याण्डीक्यापका साथ स्टेबेलफोर्ड फम्र्याटमा खेलिएको यस प्रतियोगितामा १८ वटा होल्स थिए र ८५ गल्फर सहभागी भएका थिए । 

सुहृद घिमिरे, गोकर्ण गल्फ क्लबका अध्यक्षले भने, “सन् १९९० देखि नेपालमा गल्फ खेलको गौरवशाली प्रायोजक रहेको कार्ल्सबर्गले प्रतिभाशाली उदयमान गल्फरहरुलाई अघि आएर आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्दै कर्ल्सबर्ग गल्फ सिरिज्ले साँच्चै नै लामो बाटो तय गरेको छ । गल्फसँगको कार्ल्सबर्गको आवद्धता दशकौं लामो साथबाट बनेको छ किनकि नेपालमा गल्फको सुरुवात भएदेखि नै कार्ल्सबर्ग सहयोगी प्रायोजककोरुपमा अगाडि आइरहेको छ ।”

रोजन अमात्य, गोर्खा बु्रअरीका बजार प्रबन्धकले थप भने, “यस प्रतियोगिता प्रति हामीले निकै नै उत्कृष्ट प्रतिक्रीया प्राप्त गरेका छौं र हामी समस्त सहभागीहरुलाई हार्दिक आभार व्यक्त गर्दछौं । यसका साथै हामी हाम्रो पार्टनर गोकर्ण फरेष्ट रिसर्टलाई पनि यो प्रतियोगितालाई सफल बनाउन निरन्तर साथ दिएकोमा धन्यवाद दिन चाहन्छौं ।”

दीपक आचार्य, गोकर्ण फरेष्ट रिसर्टका प्रमुख गल्फ निर्देशकले भने, “काल्र्सबर्ग गल्फ सिरिज् उदयमान गल्फरहरुका लागि प्रतिस्पर्धात्मक गल्फ खेल्न एक उत्कृष्ट मञ्च हो । गोकर्ण रिजर्टको तर्फबाट म कार्ल्सबर्गलाई गल्फमा निरन्तर सहयोग गरिरहेकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । यस्तो प्रायोजनले नेपालमा गल्फको उत्थान तथा विकासमा पक्कै पनि मद्दत मिल्ने छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै