मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

खरीबोट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र नेपाल रेमिट बीच सम्झौता भएको छ ।

उक्त सम्झौता बमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४००० एजेण्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट मुक्तिनाथ विकास बैंक लि.का सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका छन् ।
यस सुविधाबाट बैंकका सेवाग्राहीहरु लाई थप लाभ हुने अपेक्षा गरिएको छ । 

मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ ।

यस अभियान अन्तर्गत भाग्यशाली विजेताहरुमध्ये १ जनालाई स्कुटी, ३ जनालाई ल्यापटप, ५ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई ३२’’ टि.भी., १५ जनालाई स्मार्ट मोबाइल सेट, २० जनालाई प्रेसर कुकर र २५ जनालाई ब्लुटुथ स्पिकर प्रदान गर्ने बैंकले जनाएको छ ।
 

सम्बन्धित समाचार

मुक्तिनाथ विकास बैंकको मोवाईल बैंकिङ अभियान सञ्चालन  

काठमाडौँ । नेपालको बैंकिङ्ग प्रणालीमा सूचना तथा प्रविधिको उचित प्रयोग गरी सेवाग्राहीलाई यस सेवामा समेट्न र नगद रहित कारोवारलाई प्रोत्साहन गर्नको लागि मुक्तिनाथ विकास बैंकले मोवाईल बैंकिङ्ग अभियान सञ्चालनमा ल्याएको

मुक्तिनाथको संस्थागत र व्यक्तिगत उपलब्धी बचत खाता सञ्चालनमा 

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण

दाङमा मुक्तिनाथ विकास बैंकको व्यवसायीक साक्षरता कार्यक्रम 

काठमाडौ । मुक्तिनाथ विकास बैंकले यही कात्तिक २९ गते आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिका, ०६ मा सम्पन्न गरेको छ । व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी

मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच सहकार्य

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि र ट्रयाङ्गकुलिटी स्पा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई स्पामा तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ट्रयाङ्गकुलिटी स्पाको तर्फबाट


z