• २०८१ बैशाख १२ बुधबार

चिट चोर्ने नदिन विद्यार्थीको टाउकोमा कार्टुन बक्स !

kharibot

भारतको कर्नाटकमा  मिड टर्म परीक्षा दिने क्रममा छात्रछात्राको टाउकोमा कार्टुन बक्स लगाएर परिक्षामा सामेल गरिएको छ । 

विध्यार्थीको चिट चोर्ने क्रियाकलाप देखि दिक्क भएका शिक्षकले उनीहरुलाई त्यस्तो गर्न लागएका थिए ।

हावेरी शहरको भगत प्री-यूनिवर्सिटी कलेज प्रशासन अनुसार छात्रछात्रालाई परिक्षामा नक्कल गर्न निरुत्साहित गर्नको निम्ति येसो गरिएको बताएको छ । बक्सको एक तरफ बाट काटेर हेलमेट जस्तो बनाइएको थियो र  केवल उत्तर पुस्तिकामा मात्र देख्न मिल्थ्यो । 

सोशल मीडियामा उक्त तस्वीर भायरल भएपछि जिल्ला प्रशासनले कलेजको  प्रशासक एम बी सतीशको  विरुद्ध  कारबाही गरेका छन् । सतिशले फेरी यस्तो नहुने बताउदै लिखित रुपमा माफी मागेका छन् । उनले आफ्नो बचावटमा छात्राहरुले आफैले  बोकेर ल्याएको बक्स लगाएर परिक्षा दिएको बताएका छन् ।

विध्यर्थीलाई कुनै प्रकारको कर नभएको र १५-२० मिनेट पछि विध्यर्थी आफैले बक्स हटाएका थिए ।  कतिपय बालबालिका बक्स नलगाइ परिक्षा दिईरहेका थिए र उनीहरुलाई कुनै बाध्यता थिएन, एक घण्टा पछि सबै विध्यार्थीलाई बक्स हटाउन लगाइएको थियो । सोशल मिडियामा सो फिटो भाइरल भएको छ । कलेज प्रशासनले  विध्यर्थीको अनुमति लिएर मात्र त्यसो गरिएको र यो एउटा परिक्षणको रुपमा गरिएको बताएको छ । 

रसायन शास्त्र र वाणिज्यको पेपर लेखीरेहका छात्रछात्राको उक्त फोटो भाइरल हुने बित्तिकै कलेज प्रशासक सतीशलाई  भारतिय प्री-यूनिवर्सिटी एजुकेशन बोर्डबाट प्रमुख आयुक्त समक्ष पेश हुन नोटिस पठाइएको थियो । 

यस्तो कारबाहीबाट  बच्चामा कस्तो असर पर्छ?

मनोवैज्ञानिक अचिरा चटर्जीले बच्चामा यस्तो घटनाले नराम्रो प्रभाव पर्न सक्ने र विध्यार्थीलाई आफू माथि कसैको विश्वास नभएको लग्न सक्ने बताएकी छन्  ।  

उनको अनुसार यसरी बालबालिका को भावनासँग खेल्न  अमानवीय हुने र यो मध्यकालीन युगमा जस्तो एक सानो  पिंजडामा राख्नु जस्तै भएको छ । विध्यार्थीले चोरी नगरुन् भन्ने  जिम्मेदारी  विध्यर्थीको नभएर शिक्षकको हो तर यहाँ त शिक्षक नै असफल भएका छन् ।

शिक्षकले छात्रालाई नक्कल गर्न हुदैन भन्ने कुरा सिकाउना छोडेर बच्चाहरु लाई सजाय दिन तर्फ लागेका छन् । उनले पूरै घटनाले  शिक्षकको  असक्षमता देखिरहेको र चिट चोर्न नदिन अरु थुप्रै उपाय हुदाहुदै बालबालिकाको  संवेदनात्मक प्रोत्साहन माथि हस्तक्षेप गरको आरोप लगाएकी छिन् । 

-बिबिसी हिन्दीबाट 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै