समृद्धिका चार शुत्र

खरीबोट

लेखक : प्रकाश पाण्डे

समृद्धिले सम्पन्नतालाई जनाउँछ । समृद्धि भनेको धनधान्य आदिले सम्पन्न हुनुको भाव हो । उन्नति र प्रगति हुनु हो । हरेक नेताको भाषणमा नछुट्ने शब्द पनि हो– समृद्धि । नेपालका राजनीतिक दलको चुनावी घोषणापत्रमा धेरै जोड दिएर उठाइएको बिषय हो– समृद्धि । सरकारको मुख्य लक्ष्य नै हो– समृद्धि । शान्ति ,बिकास र समृद्धि नेपाल र नेपालीकै मुख्य प्रस्थानबिन्दु हुन् । गन्तव्य हुन् । मिसन र भिजन हुन् ।

फ्रेडरिक लुइस डोनाल्डसनका उपदेश अनुसार, "सात सामाजिक पापहरू-काम बिनाको धन, विवेक बिनाको सुख, चरित्र बिनाको ज्ञान, नैतिकता बिनाको वाणिज्य, मानवता बिनाको विज्ञान, त्याग बिनाको पूजा र सिद्धान्त बिनाको राजनीति हुन् ।" यसले त हामीकहाँ पुण्यभन्दा पाप बेसी भइरहेको बताउँछ । बास्तवमा नेपालमा अहिले काम, विवेक, चरित्र, नैतिकता, मानवता, त्याग र सिद्धान्तको खडेरी परेको छ । राजनितीको सिद्धान्त र कार्यदिशा र स्पष्ट मार्गदर्शन छैन् केही भएपनी कार्यान्वयन पक्ष शून्य बराबर जस्तै छ । समृद्धि भनेको कार्यान्वयनबाट आउने प्रतिफलको समग्र परिणाम हो ।

नेपाल सरकार र नेपालीले समृद्ध र विकसित नेपाल, सुखी र खुसी नेपालीको भिजन राख्नु राम्रो कुरा हो तर त्यो प्राप्ति त्यतिकै संभव छैन् ।

समृद्धिका खास शुत्र छ्न्:

१.आत्मनिर्भरता, इमानदारीता र शुद्धआचरण:

आत्मनिर्भरताले बिकास र समृद्धि ल्याउँछ।बिकास र समृद्धिले आत्मनिर्भरता ल्याउँछ।नयाँ नयाँ बिज्ञान र प्रबिधिको खोज अनुसन्धान र उपयोगबाट मात्रै आत्मनिर्भरता तर्फ उन्मुख हुन्छ । आयतित श्रोत साधन र सम्पतिमा बिदेशीको अधिकार र वर्चस्व पछिसम्म कायम हुने र परनिर्भरता बढ्दै जाने हुन्छ । अल्छी मनोवृत्ति बिकास हुन्छ ।

बास्तबमा हरेक नेपालीहरूको हृदयमा इमान्दारी ,काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी नहुदासम्म देश समृद्ध हुन सक्दैन् । नेपालको सन्दर्भमा नेता, कर्मचारी, कृषक, व्यापारी, उद्योगी, व्यापारी कसैले पनि पूर्ण इमान्दार भएर देशको सेवा गरेको पाइदैन् । राजाको काम कहिले जाला घाँम जस्तो गर्छ्न् । देशलाई चाहिँ केही नदिने बरु देशले चाहिँ केही दिएन भनी अधिकांश नेपालीहरु सोच्ने गर्छ्न् ।

अहिलेको समय बहुदलीय ब्यवस्था,आर्थिक उदारीकरण र कल्याणकारी राज्य ब्यवस्था कै हो । बिकसित देशको अनुभवले भन्छ पार्टीमा स्वच्छता र सुशासन समृद्धिको मुख्य आधार हो तर नेपालमा त्यस्तो छैन् । यहाँ त भ्रष्टाचारमा लिप्त पार्टी र ब्यक्तिहरु अधिकांश छ्न् । उनिहरु नै शुन्य सहनसिलताको ठुलठुला कुरा गर्छ्न् । भ्रष्टाचार हटाउने कुरा गर्छ्न् । काममा चाहिँ भ्रष्टाचार गर्छ्न् । यहाँ त भ्रष्टाचारीको यस्तो दर्‍हो सन्जाल छ कि जुन आधिकारिक जस्तै लाग्छ । चीन लगायत कतिपय देशमा भ्रष्टाचारीलाई झुन्ड्याएर मृत्यु दण्ड दिइन्छ तर हामीकहाँ उन्मुक्ति दिइन्छ अनि कसरी आउँछ बिकास र समृद्धि ? यो जो गम्भीर बिषय छ ।

शुद्ध आचरण नहुनु भनेको समृद्धि र बिकासको एक वाधक तत्व हो । यहाँ भन्न खोजेको भ्रष्टाचारी मनोवृत्ति नै हो । नियत खराव हुनु, आफ्नै पक्षपोषण हुने नियम बनाउनु, रुपमा र सारमा अलग अलग हुनु, भ्रष्टाचार गर्नु, अनावश्यक धन संचय गर्नु, अनुत्पादक क्षेत्रमा लगानी गर्नु, धन देख्दा महादेवको तीन नेत्र भने जस्तै ब्यवहार गर्नु, धन सम्पत्तिमा राल काड्नु जस्ता खराव प्रबृती हुदासम्म हाम्रो देश समृद्ध बन्न सक्दैन् ।

शुद्धआचरण, नैतिकवान,इमानदार र कर्मवान भए बिस्तारै आत्मनिर्भरता प्राप्त हुन्छ । आत्मनिर्भर भएपछि बिकास र समृद्धि स्वत: हुन्छ ।

२.  समृद्धिको स्व:नमूना निर्माण र प्रयोग :

समृद्धिको नमूना चाहे यूरोपका समृद्ध देशको होस या अमेरिका देशको या यसियाका केही समृद्ध देशहरु कै किन नहोस्। ती नेपालको सन्दर्भमा ठ्याक्कै मेल खादैन् । समृद्ध चीनको समृद्धिको नमूनाले देखाएको दृस्ठिकोणबाट पनि नेपालको समृद्धि हुदैन् । चाइनिज र नेपालीहरुको सोच बिचार संस्कार ब्यवहार र काम गर्ने तौर तरिकामा ठूलो भिन्नता छ । त्यसैले सबै समृद्ध राष्ट्रको समृद्धिको नमूना अध्ययन गरेर नेपालीले नेपालको समृद्धिको खाका आफै निर्माण गर्नुपर्छ । सरकारको नेतृत्वले आफ्नो क्षमता आफ्नै दृढता र जीवन ब्यवहारबाट पुष्टि गर्नुपर्छ अन्यथा देश समृद्ध हुन सक्दैन् ।

मलाई लाग्छ अहिले सबै कुहिरोको काग भएका छ्न् । दिशाबिहिन छ्न् । नीति र विधि अर्कै छ विधि अर्कै । समाजवाद राम्रो नारा भएको छ तर पारा अर्कै छ । अध्यारोमा झट्टी हानेसरी हान्दैछ्न । मूलुक समृद्ध पार्न ।

जवसम्म हामी हाम्रो आवश्यकता र समस्या संयम पहिचान गर्दैनौँ । बुझ्दैनौँ । र आफै समस्या समाधानको लागि लाग्दैनौँ । कसैले आएर गरिदिन्छ भनेर बस्छौँ । वैदेशिक ऋण, अनुदान र सहयोगको अपेक्षा गरेर बस्छौ भने समृद्धि भन्ने यो हाम्रो दिवा सपना मात्रै हुन्छ । चाहे यूरोप या अमेरिका या यसिया कै समृद्ध देशहरु नै किन नहुन ऋण, अनुदान र सहयोगले फड्को मारेका होइनन् ।

मलेशियाका महाथिर मोहमदले, सिङ्गापुरका लि क्वान यु, दक्षिण कोरियाका पार्क चुङ ही, चीनका सि जिनपिङ्ले समृद्धिको स्वमोडेल निमार्ण गरि शान्ती सद्भाव र एकरुपता कायम गरि समृद्ध मूलुक बनाए ।

पहिला त आफ्नो मन मस्तिष्क र ब्यवहारमा समृद्धिको सपना देख्नु पर्छ, अथक मेहनत र सहि मार्ग पहिल्याउनु पर्छ अनिमात्र सडक, बिद्युत, यातायात, संचार, उर्जा, जलश्रोत, बिज्ञान र प्रबिधिको बिकास सम्भव हुन्छ । आलोचना र अहंकारमाटमाथि उठेर सकारात्मक र रचनात्मक रुपले मौलिक र प्राकृतिक रुपबाट सबैले आ- आफ्नो ठाउँबाट जे जे गर्न सकिन्छ इमान्दारिताका साथ जिम्मेवारीहरु वहन गर्ने हो भने हामी समृद्ध हुन बेर लाग्दैन् ।

३. धार्मिक आस्था, बिश्वास र मार्गदर्शनको व्यावहारिक प्रदर्शन:

भाषणले, कुराले, नितिले कानुनले र सोचले मात्र समृद्धि आउँदैन् त्यसको लागि त कार्यान्वयन गर्नुपर्छ । गीताले भनेजस्तै निष्फल कर्म गर्नुपर्छ तर हामीहरु काममा भन्दा भढी गफमा समालोचनामा भन्दा आलोचनामा ज्यादा समयको खर्च गर्छौँ । जे भनिन्छ त्यो गरिदैन् जे भनिदैन त्यो गर्ने परिपाटिले गर्दा झन जटिल बन्दैछ । चीनका राष्ट्रपति सि जीनपिङले भनेजस्तै `हामीले जे भन्यौ त्यही गर्‍यौ र आजको चीन सम्भव भयो´ लाई हामीले पनि इमान्दारी र निष्ठाका साँथ अबलम्बन गर्नुको अब विकल्प छैन् ।

धर्मलाई हामीले गलत बुझ्यौँ र हामी पछारियौँ । यसलाई बिज्ञान र समृद्धिसँग जोड्न सकेनौँ । खासमा हामी हाम्रो हिन्दु, बौद्ध लगाएत अन्य धर्मबाटै सप्पन्न हुन्थ्यौँ तर जानेनौँ । धर्म नै अफिम हो । धर्म नै गुलाम हो । अफिम हो । भन्नेहरुले धार्मिक र साँस्कृतिक पर्यटनको कुरा गर्दै लुम्बिनी र पशुपतिनाथले नेपाललाई समृद्ध बनाउँछ भन्छ्न् । जो नास्तिक छ्न् उनिहरु नै धर्म सिकाउछ्न् र भन्छ्न्-नेपाल शान्ति, एकता र सहिष्णुताको देश हो । यदि त्यस्तो चेतना आएको हो भने सलुट छ नेताज्युहरुलाई । तर शंका छ कतै यीनैलाई बेचिखाने भाँडो पो बनाउँलान कि । पक्कै पनि उनिहरु यहीँबाट स्खलित भएका हुन् । सबैले हाम्रो धर्म संस्कृतिको आस्था, बिश्वास र मार्गदर्शनलाई बिज्ञानमा जोडेर ब्यवहारमा प्रदर्शन गर्ने हो भने समृद्धि टाढा छैन् ।

४.लगानी, प्रक्रिया र उत्पादन :

सरकारको नेतृत्व, नेता या बुद्दिजिवीहरु नेपाल साच्चिकै विकसित र समृद्ध बनाउन चाहान्छ्न् भने वैदेशिक ऋण, अनुदान र सहयोग लिने होइन उनिहरुलाई यहाँ आएर लगानी गर्ने, मुनाफी लैजाने, बिज्ञान र प्रबिधि भित्र्याउने, रोजकारी सिर्जना गर्ने, बैक र बित्तीय संस्थाहरु भित्र्याउने वातावरण गरिदिनु पर्छ । उनीहरुलाई नेपाल लगानीको एक निश्चित, उपयुक्त र सहि गन्तव्य हो भन्ने पूर्ण बिश्वास दिलाउनु पर्छ । हुनत नेपालमा लगानी सम्मेलन पनि भएकै हो तर त्यस्ले खासै परिणाम दिएन । एनआरएनले र नेपाली लगानी कर्ताले पनि प्रयास नगरेका होइनन् तर कछुवाको गति छ । नेपालमा भएका सरकारी लगानीका उद्योग र करखानाहरु बन्द भैसकेका छ्न् । यो ज्यादै दु:खको कुरा हो ।

समृद्धिको लागि जनशक्ति, रोजगारी, कार्यहरू, प्रयासहरु र विधि प्रक्रियाहरु निर्धारण गर्नुपर्छ । समृद्धि कुनै जादुमयी चीज होइन् यसको लागि समय, संयम र धैर्यता चाहिन्छ । लामो प्रक्रियाबाट गुज्रिनुपर्छ । हाम्रो बिलासी जीवनशैली अहंकारी मनोवृत्तिबाट मुक्त हुनुपर्छ । बिनयीभाव र सकारात्मक सोच लिएर बिशाल  हृदयबाट उच्च आत्मबिश्वासका साथ निरन्तर काम गर्नुपर्छ ।

लगानीको क्षेत्र पहिचान गरे र लगानी गरे मात्र पनि केही हुन्न यदि प्रक्रिया सहि भएन भने । धरातलीय यथार्थलाई मध्ये नजर गरि राष्ट्रिय र अन्तरास्ट्रिय परिवेश सुहाउँदो नीति विधि र प्रक्रिया अबलम्बन गर्नुपर्छ । हुनत नीति, विधि, नियम, प्रक्रिया र कानुन बनाएर पनि केही हुदैन् त्यसको कार्यान्वयन भएन भने अहिले नेपालमा भएकै त्यही हो । अहिले कै जस्तै बिकास हो भने त बिनास मात्र त हुने हो नी।जङ्गल मासेर रोड बनाएर धुलो उडाउँदै,कार्वनको उत्पादन, बाताबरण बिनास र प्रदुषण गर्न र बाताबरणिय असन्तुलन पैदा गरि पारिस्थितिक प्रणाली धव्स्त गर्न हो भने किन चाहियो त्यस्तो खालको बिकास र समृद्धि ?

हामीले जहिले पनि गुणस्तरीय सेवा र बस्तुको उत्पादनको प्रकृया अबलम्वन गर्नुपर्छ । जवकी हाम्रो पुराना प्रक्रिया पनि बैज्ञानिक र स्वस्थ्यकर नै रहेछ्न् हामी प्रकृतिको नजिक रहेछौ भन्ने कुरा स्पष्ट नै छ । हामीले पहिला उपभोग गरेको खाद्यान्न तथा पोषण, तरकारी, फलफूल, दूध दहि, अर्गानिक खानपिन र जीवनशैली राम्रो थियो तर हामीले त्यसमा अरु ज्ञान बिज्ञान, परिवर्तन र प्रबिधिलाई जोड्न सकेनौँ  अनि त्यसमा पश्चिमी अतिक्रम हुन गयो । बिकासको नाममा । यो खतरनाक रहेछ भनेर हामी यतिबेला बुझ्दैछौँ ।

आजको समयमा बस्तु तथा सेवाको गुणात्मक मात्र होइन मात्रात्मक उत्पादन पनि आवश्यक छ । बस्तुको बजार ब्यवस्थापन, मुनाफा आर्जन, पूजीको निर्माण, राष्ट्रिय आयमा वृद्धि बचत र पुन: लगानी गरि चकृय बिकास र समृद्धिमा जोड दिनुपर्छ । समाज र प्रक्रिया पनि जटिल हुँदै जादैछ । संबेदनसिलता बढ्दैछ । गलत तत्वको हावी पनि हुदैछ् । 

हाम्रा नेतालाई चिनियाँ महामहिम राष्ट्रपति सी जीनपिङले भनिदिनुपर्छ विलासी जीवन त्यागेर साधा जीवनमा ध्यान देऊ भनेर । उनले निजी सम्पती हुनेहरु कम्युनिस्ट हुनै सक्दैनन् भन्ने भनाइ ब्यक्तित्व र आचरण देखेर चकित भए । तर हाम्रो नेतृत्वको गतल आचरण, सम्पत्ति थुपार्ने मोह, मगन्ते मनोवृत्ति र आशावादि प्रवृत्ति नत्यागे सम्म राष्ट्र समृद्ध हुन सक्दैन् ।

यसरी राज्यले  सहि ठाउँमा  लगानी, उपयुक्त प्रक्रिया, गुणस्तरीय बस्तु र सेवाको उत्पादन र बजारीकरण गर्दा मात्र मुलुकलाई समृद्ध बन्न सक्छ ।

सारमा शुद्धआचरण, इमान्दार भएर विवेकको प्रयोग गरि धार्मिक मार्गदर्शन अनुसार आफ्नो देशको समृद्धिको लागि स्वनमूना निर्माण सोही अनुसार आवश्यक लगानी, उपयुक्त प्रक्रिया अवलम्बन गरी  बस्तु तथा सेवाको गुणस्तरीय उत्पादन गर्ने हो भने हाम्रो देश नेपाल समृद्ध हुन्छ ।

जय देश ! जय समृद्धि !! 
 

सम्बन्धित समाचार

सफलताको सुत्र

सफलता शब्दमा `अ´ उपसर्ग लागेर "असफलता" को ब्युत्पती हुन्छ । यहाँ  `अ´ ले विपरीतता, भिन्नता, अभाब जस्ता अर्थ बोक्छ। यो देवनागरी लिपीको स्वर बर्णको पहिलो अक्षर हो। बिष्णुलाई बुझाउने  ध्वनि

किन मनाइन्छ तिहार : यस्तो छ तिहार पर्वको महिमा

काठमाडौँ । तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक

मौन शक्ति: एक सशक्त शक्ति

सूर्यको प्रकाश, चन्द्रमाको शितलता, आकाशको बिशालता, ताराहरुको अटलता, पृथ्वीको सालिनता सबै मौन अभिव्यक्तिका परिणामहरु हुन् । हुनपनी तारा, सूर्य, चन्द्रमा मौन घुम्छ्न् । रुख बोट बिरुवा घाँस फूल मौन बढ्छ्न

दशैं महिमा : दशैँको टिका, जमरा, दक्षिणा र आशिर्वादको के छ महत्व ?

बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन


z