• २०८१ बैशाख १३ बिहीबार

टी-२० विश्वकप छनौटमा पिएनजी र क्यानाडा विजयी

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौटमा पिएनजी र क्यानाडा विजयी भएका छन् । आइतबार सम्पन्न  समुह ए अन्तर्गतको खेलमा पिएनजीले नामिबियालाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

पिएनजीले दिएको १९८ रनको लक्ष्य पछाएको नामिबिया १७.१ ओभरमा ११६ रन बनाएर अल आउट भएपछि खेल ८१ रनले हारेको हो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै पिएनजीले २० ओभरमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो । यो जितसँगै पिएनजीले यस बर्ष लगातार १० टी-२० खेलमा जित हासिल गरेको छ ।   

त्यस्तै आजै भएको समुह बि अन्तर्गतको खेलमा क्यानडाले जर्सीलाई पराजित गरेको छ । क्यानडाले जर्सिलाई ५३ रनले पराजित गरेको हो ।

क्यानाडाले दिएको १७७ रनको लक्ष्य पछाएको जर्सी १७ ओभरमा १२३ रन बनाउदा अल आउट भएपछि क्यानडा ५३ रनले विजयी भएको हो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गर्दै क्यानडाले २० ओभरमा ५ विकेट गुमाएर १७६ रन बनाएको थियो ।

आजको खेलपछि समुह ए मा पिएनजीले लगातार दोस्रो खेल जितेर अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह बि मा क्यानाडाले पनि यो जितपछि विजयी शुरुवात गर्दै २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

प्रतियोगिता अन्तर्गत आजै बर्मुडा र सिंगापुर तथा हङकङ र ओमान खेल्दै छन् ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै