• २०८१ बैशाख ६ बिहीबार

कृषि विकास बैंक, ग्रामीण प्रविधी केन्द्र र सामूदायिक विद्युत महासंघबीच सम्झौता 

kharibot

काठमाडौ । कृषि बिकास बैंक, ग्रामिण प्रविधि केन्द्र र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघविच सम्झौता भएको छ ।

ति संस्थाहरुबिच ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुको आयस्तर वृद्धिका लागि मझौला तथा साना परियोजना-व्यवसायमा कर्जा लगानी गर्ने सम्झौता भएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक  गणेशराम श्रेष्ठ र सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले उक्त सम्झौता पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरेका हुन ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत यस प्रकारको सम्झौताले दुरदराजमा रहेका साना तथा मझौला व्यवसाय गर्ने महिलाको आयस्तर वृद्धि भई निजहरुको शसक्तीकरण हुनुका साथै वित्तिय साक्षरता बढाउन तथा बैंकमा उनीहरुको पहुंच वृद्धि गर्न बैंकको कर्जा कोशेढुंगा सावित हुने अपेक्षा राखे ।

ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले वित्तिय सहयोगको अभावमा आफ्नो व्यवसाय विस्तार गर्न नसकिरहेका साना÷मझौला महिला व्यवसायीहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न बैंकले प्रदान गर्ने कर्जाले ठुलो सहयोग पुग्ने आशा व्यक्त गरे । 

सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष ज्ञवालीले सम्झौताले महिला उत्थानमा जिम्मेवारी, इमान्दारी, समझदारी, पारदर्शी र दुरदर्शिताका साथ काम गर्न प्रेरणा मिलेको बताए ।  ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक डा. पुरुषोत्तम श्रेष्ठले महिला उत्थानका लागि गरिएको यस प्रकारको कार्यक्रम भविष्यमा विस्तार गर्दै लगिने बताए । 

यस कर्जाको कार्यान्वयन पक्ष हेर्ने बैंकको कृषि कर्जा तथा एमएसएमई विभागका विभागीय प्रमुख बाबुकाजी थापाका अनुसार सामूदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले चितवन, धादिङ्ग, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा प्रबद्र्धन गरेको ग्रामीण विद्युत उपभोक्ता समितिमा आवद्ध महिलाहरुलाई कृषि, पशु, महिला उद्यमशीलता तथा अन्य लघुउद्यममा धितो वा परियोजनामा आधारित रहेर बैंकले कर्जा उपलब्ध गराउनेछ । 

थापाका अनुसार कर्जाका अतिरिक्त  बैंकले उनीहरुलाई उद्यमशीलता विकासका लागि तालीम, वाली तथा पशु सुरक्षण सम्बन्धी अन्तर्कृया, वित्तिय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रम समेत संचालन गर्नेछ ।

सो कार्यक्रममा बैंकका उपमहाप्रबन्धकहरु प्रताप सुबेदी, यज्ञ प्रकाश न्यौपाने, ध्रुबचन्द्र गौतम, परामर्शदाता घुरन ठाकुर, विभागीय प्रमुखहरु बाशु अधिकारी, विना शर्मा तथा विभागका शा.प्र. प्रेम खनाल तथा सि.ए. श्री कृष्ण निरौलाको उपस्थिति रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै