• २०८१ बैशाख १३ बिहीबार

बर्मुडामाथि सिंगापुरको शानदार जित 

kharibot

काठमाडौं । टी-२० विश्वकप छनौटमा सिंगापुरले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको खेलमा सिंगापुरले बर्मुडालाई ५ विकेटले पराजित गरेको हो ।

बर्मुडाले दिएको १५० रनको लक्ष्य पछाएको सिंगापुरले १९.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सिंगापुरको जितमा नविन परामले ४१ बलमा अविजित ७२ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै मनप्रीत सिंहले २६ रन बनाए भने टीम डेविडले १५ तथा रोहन रंगराजनले १२ रन बनाए ।

यस अघि टस जितेर ब्याटिंग गरेको बर्मुडाले २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

बर्मुडाका लागि जनेरियो टकरले ३४ बलमा ५० रन बनाएका थिए भने टेरीन फ्रेले २९ रन बनाएका थिए । सिंगापुरका बलर जनक प्रकाशले ३ विकेट लिएका थिए ।

यो जितसहित प्रतियोगितामा सिंगापुरले लगातार दोस्रो जित हासिल गरेको छ । सिंगापुरले पहिलो खेलमा स्कटल्याण्डविरुद्ध २ रनको सनसनीपूर्ण जित हासिल गरेको थियो ।

त्यस्तै बर्मुडाको भने यो लगातार दोस्रो हार हो ।

त्यस्तै समुह बि अन्तर्गतको खेलमा ओमानले हङकङलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । हङकङ भने लगातार दोस्रो पराजय बेहोरेको छ ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै