• २०८१ बैशाख ८ शनिबार

ललानाको गोलबाट लिभरपुल हारबाट जोगियो 

kharibot

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल र म्यानचेस्टर युनाइटेडबीचको खेल बराबरीमा सकिएको छ ।

गएराती सम्पन्न रोमान्चक खेलमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएका हुन् । 

लिभरपुलका एडम ललानाले खेलको ८५औ मिनेटमा बराबरी गोल फर्काउदै लिभरपुललाई हारबाट जोगाएका थिए । यसअघि युनाईटेडका लागि खेलको ३६औ मिनेटमा मार्कोस राशफोर्डले गोल गर्दै शुरुवाती अग्रता दिएका थिए । राशफोर्डको गोलमा विवाद भएको थियो । तर रेफ्रीले भारको सहायताले गोलको मान्यता दिएका थिए ।

पहिलो हाफमा लिभरपुलका लागि साडियो मानेले गोल गरेपनि रेफ्रीले फाउल भएको भन्दै गोलको मान्यता दिएनन् ।

लिभरपुल यस सिजनमा खेलेका ९ खेलमा अपराजित रहेको छ । यस अघि खेलेका आठै खेल जितेको लिभरपुल पहिलो पटक बराबरीमा रोकिएको हो । लिभरपुलको ९ खेलमा २५ अंक भएको छ भने लिगको शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भने ६ अंक पछाडी रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेड भने ९ खेलमा केवल १० अंक हासिल गर्दै अंक तालिकामा १३औ स्थानमा रहेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै