• २०८१ बैशाख ८ शनिबार

मालपोतका खरिदारसहित दुई जना घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदारसहित दुई जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले मालपोत कार्यालय लेखनाथ, कास्कीमा कार्यरत खरिदार प्रकाश पौडेल र लेखापढि व्यवसायी  मनोहरि भट्टराईले सेवाग्राहीको जग्गा नामसारी गरिदिने १२ हजार घुस लिईसकेको अवस्थामा पोखरा महानगरपालिका वडा नं. २९ मालपोत कार्यालय परिसर नजिकबाट आइतबार नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै