• २०८१ बैशाख १२ बुधबार

नक्कली नोट बनाउने तीन जना पक्राउ

kharibot

काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने तीन जनालाई नोट बनाउन प्रयोग हुने बिभिन्न समानहरूसहित पक्राउ गरेको  छ ।

प्रहरीले आज बिहान  साढे ५ बजे काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, सोही ठाउँका सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको छ ।

नयाँबस्ती बिपुल चोकस्थित एक घरमा कोठा भाडामा लिई  नक्कली नोटहरू छापीरहेको अबस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली नोट एक हजार दरका ३४ थान (३४ हजार), बिभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठुलो १ सय ४२  थान र सानो कागज १ सय ४९ थान बरामद गरेको छ । 

यसै गरी  रंगिन फोटोकपी मेसिन १ थान, कम्प्युटर ऋएग् २ थान सोको मनिटर १ थान, हिटर १ थान, क्यामेरा १ थान, कैची ४ थान, ग्लुस्टिक ७ थान समेत बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै