• २०८१ बैशाख ७ शुक्रबार

वारको बक्स अफिसमा किर्तिमान, तिन सय करोड क्लबमा पुग्यो कमाई 

kharibot

मुम्बई । बलिवुड फिल्म 'वार' सन् २०१९ को अहिलेसम्म सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ । फिल्मले २०१९ मा ३ सय करोड कमाई गर्ने पहिलो फिल्म बनेको छ ।

फिल्मले रिलिजको १९औ दिन ३ सय करोड कमाई पुरा गरेको छ ।

त्यस्तै 'वार' बलिवुडमा ३ सय करोडभन्दा बढी कमाई गर्ने नवौ फिल्म बनेको छ । त्यस्तै फिल्म 'वार' यशराज ब्यानरको ३ सय करोड कमाई गर्ने तेस्रो फिल्म बनेको छ । यसअघि यश राज ब्यानरको फिल्म सुल्तान र टाइगर जिन्दा है' ले तीन सय करोड कमाई गरेका थिए । 

त्यस्तै अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' बक्स अफिसमा अहिले पनि शानदार कमाई गरिरहेको छ ।

यस बर्षको धेरै कमाई गर्ने फिल्म बनेको वार हिन्दी फिल्मको इतिहासमा १०औ धेरै कमाई गर्ने फिल्म समेत बनेको छ ।

त्यस्तै यस बर्ष रिलिज भएका बलिवुडका फिल्म उरीले २४४ करोड ६ लाख, भारतले २०९ करोड ३६ लाख, मिशन मंगलले २ सय करोड १६ लाख, टोटल धमालले १५४ करोड ३० लाख, केसरीले १५३ करोड, छिछोरेले १५० करोड ३६ लाख, गली ब्वायले १४९ करोड ३१ लाख र साहोले १४९ करोड कमाई गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै