• २०८१ बैशाख ११ मंगलबार

स्मार्ट फोनको प्रतिस्पर्धा, मेगा पिक्सेलको वार 

kharibot

काठमाडौँ ।  सन् २०१२ मा नोकिया, मोबाइल इन्डस्ट्रीको टप कम्पनीमा गनिन्थ्यो । सिम्बियन अप्रेटिङ् सिस्टम-ओएसमा आधारित नोकिया स्मार्ट फोनमा ८०८ पूर्ण भ्युसहितको ४१ मेगा पिक्सेल को क्यामेराले बजारमा राम्रै चर्चा पाएको थियो । 

त्यस लगतै ओरिजिनल इक्युप्मेन्ट उत्पादकको एन्ड्रोइड बेसको स्मार्ट फोनहरुले बजारमा ठाउँ बानाउदै गए । अझ धेरै मेगा पिक्सेल भएको क्यमेराले गर्दा प्रयोगकर्ताको ध्यानाकर्षण एन्ड्रोइड बढ्दै गयो । 

अहिले चाईनिज स्मार्ट फोनले बजार तताएको छ । सस्तो मूल्यमा सेन्सर क्यामेरा भएको स्मार्ट फोन पाउँदा ग्राहक निकै खुसी छन् । भारत तथा नेपाली बजारमा रिएल-मी, साओ-मी, रेड-मी  जस्तो ब्रान्डहरुले ६४ एम पी सहितको मोबाइल फोन ल्याएको छ । 

२०२१ सम्म विश्वमा बिक्रि हुने ५० प्रतिशत स्मार्ट फोनहरु तीन वा सो भन्दा बढि सेन्सर क्यामेरा भएको हुनेछन् । ब्रान्डहरु बजारमा आफुलाई छुटै बनाउन र टपमा रहनको लागि प्रतिस्पर्धामा छन् । सामसुङ्ल कम्पनीले आफ्नो आगामी स्मार्ट फोनमा एक सय आठ मेगा पिक्सेल सेन्सर को क्यामेरा हुने घोषणा गरिसकेको छ  । 

२०२० को सुरवात संगै ९२ एमपी र एक सय आठ  एमपी भएको फोन मार्केटमा आउनेछन् । सओमीले बजारमा भएको १५ हजारदेखि २० हजारसम्म मुल्यको मोबाइल सेग्मेन्टको नौ प्रतिशत सेयर ओगटेको छ भने रियल मि ले १२ प्रतिशत सेयर लिएको छ । 

लेन्स, एपेचारको साइज, इमेज सिग्नल प्रोसेसर, सफ्टवेर एल्गोरिदम, ए आई आदि जस्तो तत्वको आधारमा फोटोको गुणस्तर निर्धारण हुन्छ । 

टेक्नोलोजीको विकास  सामसुङ 'आईएसओ सेल ब्राइट  जि-डब्लु वन' र ६४ मेगा पिक्सेल इमेज सेन्सर भएको रियल मी र सओ मी स्मार्ट फोनहरुमा देख्न सकिन्छ ।

स्मार्ट फोनहरु अझै ब्राइटर र कम लाइट एचडीआर फोटोग्राफी तथा मान्छेको आँखाले देख्ने  जस्तै  डिटेल फोटो खिच्ने भएकोले मोबाइल फोन किन्दा प्रयोगकर्ताले क्यामेरालाई विशेष जोड दिने गरेका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै