• २०८१ बैशाख ७ शुक्रबार

पोखरा प्रिमियर लिगको नयाँ मिति सर्यो 

kharibot

काठमाडौँ । पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिगको नयाँ मिति सार्वजनिक भएको छ । नयाँ मिति अनुसार पीपीएल डिसेम्बर १४ देखि २८ तारिखसम्म हुनेछ ।

यसअघि नोभेम्बर १२ देखि २३ तारिखसम्म हुने भनिएको प्रतियोगिता यू–१९ क्रिकेट टिम भारत जाने भएकाले र सोहि समयमा एमसीसीले नेपाल भ्रमण गर्ने भएकाले पनि यो प्रतियोगिताको मिति सारिएको हो ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको तयारी सुरु भइसकेको छ । जसमा ६ वटा फ्रेन्चाइजी टिमले सहभागिता जनाउदै छन् । यसपटक हरेक टिममा तीन वटा विदेशी खेलाडीलाई राख्न पाउने बनाइएको छ ।

प्रतियोगितामा ६ फ्रेन्चाइजी टिममा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुज रहेका छन । गत संस्करणको विजेता पोखरा पल्टन रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै