• २०८१ बैशाख १४ शुक्रबार

म्यान्मार भ्रमणबाट दुई देशको सम्बन्ध अझ प्रगाढ : राष्ट्रपति

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजकीय म्यान्मार भ्रमणबाट नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकि छिन् ।

म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरेर हाल जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले सोमबार ट्वीटमार्फत नेपाल र म्यान्मारका जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको बताएकि हुन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनिन् , “म्यान्मारका महामहिम राष्ट्रपति उ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा भएको राजकीय भ्रमणमा प्रदान गरिएको न्यानो स्वागत र आतिथ्यताप्रति महामहिम राष्ट्रपति, महामहिम स्टेट काउन्सिलर, सरकार र स्नेही जनतालाई हार्दिक धन्यवाद, भ्रमणबाट दुई देश र जनताबीचको घनिष्ठ सम्बन्ध अझ प्रगाढ भएको छ ।

राष्ट्रपति भण्डारी गत असोज २९ गते म्यान्मारको राजकीय भ्रमणमा गएकी थिइन् । उनि आइतबारदेखि जापानको भ्रमणमा रहकि छिन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै