• २०८१ बैशाख ४ मंगलबार

दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा भारत जितको नजिक 

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको तेस्रो टेस्टमा भारत जितको नजिक रहेको छ । फलो अनमा रहेको दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिंगमा १३२ रन बनाएर ८ विकेट गुमाएपछि भारत जितका लागि अब केवल २ विकेट मात्र टाढा रहेको छ ।

तेस्रो दिनको खेल सकिदा दक्षिण अफ्रीका अझै २०३ रन पछाडी छ भने भारत फराकिलो जितको नजिक रहेको छ ।

पहिलो इनिंगमा १६२ रनमा अल आउट भएको दक्षिण अफ्रीका दोस्रो इनिंगमा पनि राम्रो ब्याटिंग गर्न सकेन । दक्षिण अफ्रिकाका लागि थयूनिस डि ब्रुयनले सर्वाधिक ३० रन बनाएर खेलिरहेका छन् भने जर्ज लिंडेले २७ रन बनाए भने डाने पिएडिटले २३ रन बनाएका थिए भने डीन एल्गरले १६ रन बनाएका थिए ।

भारतका बलर मोहमद सामीले ३ विकेट लिएका छन् भने उमेश यादवले २ विकेट लिएका छन् । त्यस्तै रविन्द्र जडेजा र आर आश्विनले एक एक विकेट लिएका छन् ।

यस अघि भारतले पहिलो इनिंगमा ९ विकेट गुमाएर ४९७ रन बनाएको थियो ।          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै