• २०८१ बैशाख ६ बिहीबार

बंगलादेशका क्रिकेटरद्वारा घरेलु र अन्तर्राष्ट्रिय खेल बहिष्कार गर्ने निर्णय

kharibot

काठमाडौँ । बंगलादेशका सिनियर क्रिकेटरले घरेलु र अन्तर्राष्ट्रिय खेल बहिष्कार गर्ने निर्णय गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार खेलाडीहरुले बंगलादेश क्रिकेट बोर्डको निर्णयविरुद्ध आफ्नो असहमति जनाउदै आन्दोलनमा उत्रिएका छन् ।

टेस्ट र टी-२० क्रिकेटका कप्तान शकिब अल हसनले आफ्ना साथि खेलाडीका साथ पत्रकार सम्मेलन गर्दै यो जानकारी दिएका छन् । क्रिकेटरले खेलाडीले खेल फिस र बंगलादेश प्रिमियर लिगमा बोर्डले गरेका परिवर्तनलाई लिएर विरोधमा उत्रिएका छन् ।

बोर्डले बंगलादेश प्रिमियर लिगमा फ़्रेन्चाइजी व्यवस्था हटाएर स्पोन्सरको मद्धतले आफै आयोजना गर्ने निर्णय गरेको छ जसका कारण खेलाडीले पाउने पारिश्रमिकमा समेत कमि आउने बताइएको छ ।

बंगलादेशका खेलाडीले बोर्डसँग ११ बुंदे माग राखेको बताइएको छ । यो विवादले बंगलादेशको नोभेम्बरको पहिलो साताबाट हुनलागेको भारत टुर संकटमा परेको छ । बंगलादेशले भारतसँग ३ टी-२० र २ टेस्ट खेल्ने तालिका रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै