वैद्य नेतृत्वको माओवादीले उपचुनाव बहिष्कार गर्ने

खरीबोट

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदो मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उपचुनाव सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपचुनावका लागि कार्यतालिकासमेत सार्वजनिक गरेपछि वेद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।

देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले उपचुनाव सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए ।

नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको चुनावमा भाग लिएको थियो ।

तर, अब हुने उपचुनाव जनता र देशको समस्या समाधान नगर्ने भएकाले बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाइ छ । नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दाबी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिए ।
 

सम्बन्धित समाचार

वैद्य नेतृत्वको माओवादीले उपचुनाव बहिष्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आउँदो मंसिर १४ गते हुने उपचुनाव बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उपचुनाव सक्रिय

उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप ?

बागलुङ । वि.सं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जितेको नेपाली काङ्ग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमायो । काङ्ग्रेस पराजयको प्रमुख कारण थियो, वाम गठबन्धन

उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँ : सभापति देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मङ्सिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले यहाँ आज

उपनिर्वाचनको मिति तोक्न आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौँ ।  निर्वाचन आयोगले स्थानीय तहदेखि संघीय संसदसम्म प्रतिनिधित्व गर्ने दलहरुलाई आज छलफलका लागि बोलाएको छ । रिक्त रहेको स्थानीय, प्रदेश र संघीय संसदको उपनिर्वाचनको मिति तय गर्न आयोगले दलहरुलाई छलफलका


z