• २०८१ बैशाख १२ बुधबार

स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे बाइस प्रतिशत नगद लाभांश दिने

kharibot

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयर धनीलाई २२ दशमलव ५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर २२ रुपैयाँ ५० पैसाका दरले नगद लाभांश दिने गरी प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्तावसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ ।

उक्त प्रस्ताव बैंकको वार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वितरण गरिनेछ ।

बैंकको कूल चुक्ता पूँजी ८ अर्ब १ करोड छ । बैंकले आव २०७५/७६ मा कूल १ अर्ब ८० करोड वितरणयोग्य मुनाफा गरेको थियो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै