• २०८१ बैशाख ८ शनिबार

अन्तिम सय मिटर दौडमा तेस्रो भए उसेन बोल्ट

kharibot

उसेन बोल्ट दौडपछि जस्टिन गाट्लिनलाई बधाई दिदै

विश्वका चर्चित एथलेट उसेन बोल्ट आफ्नो जीवनको अन्तिम सय मिटर प्रतिष्पर्धामा पराजित भएका छन् ।  

लण्डनमा भइरहेको विश्व एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत शनिबार राति भएको सय मिटर दौडमा कीर्तिमानधारी जमैकाका उसेन बोल्टलाई पछि पार्दै अमेरिकाका जस्टिन गाट्लिनले स्वर्ण पदक जितेका छन् । बोल्टले रजत पदक पनि जित्न सकेनन् । उनी तेस्रो हुँदै काश्यक पदकमा चित्त बुझाउन बाध्य भए ।

निर्धारित दूरी ९ दशमलव ९२ सेकेण्डमा पूरा गर्दै ३५ वर्षका गाट्लिनले स्वर्ण पदक जितेका हुन् । यस्तै ९ दशमलव ९४ सेकेण्डमा दूरी पूरा गरेका अमेरिकाकै क्रिश्चियन कोलम्यानले रजत तथा ९ दशमलव ९५ सेकेण्डमा दूरी पूरा गर्दै बोल्टले काश्य पदक जिते ।

बोल्टले अर्को हप्ता ४x१०० मिटरको रिले दौड दौडे पछि सन्यास लिदै छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै