• २०८१ बैशाख १३ बिहीबार

प्रिमियर लिगमा आर्सनलको अप्रत्याशित हार

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत आर्सनलले अप्रत्याशित हार बेहोरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनल शेफिल्ड युनाइटेडसँग १-० गोल अन्तरले पराजित भएको छ ।

शेफिल्डका लागि लिस मोउससेटले खेलको ३०औ मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल बनेको थियो ।

यो हारसहित लिगमा तेस्रो स्थानमा पुग्ने अवसर आर्सनलले गुमाएको छ । आर्सनलको ९ खेलमा १५ अंक रहेको छ त्यस्तै शेफिल्डको यो जितपछि ९ खेलमा १२ अंक हासिल गरेर ९औ स्थानमा उक्लिएको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै