• २०८१ बैशाख ७ शुक्रबार

बेलुन डोअरको मनोनयन सार्वजनिक, को को परे ?

kharibot

काठमाडौँ । यस बर्षको बेलुन डोअरको मनोनयन सार्वजनिक गरिएको छ । गएराती सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयनमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डीकलगायातका खेलाडी मनोनयनमा परेका छन् । 

२०१६ सम्म फिफासँग संयुक्त रुपमा नै बेलुन डोअर अवार्ड दिने गरिएकोमा त्यसपछि भने फ्रेन्च फुटबल एसोसियसनले अलग्गै बेलुन डोअर दिदै आएको छ ।

गत बर्षको बेलुन डोअर क्रोसियाका लुका मोड्रीचले मेसी र रोनाल्डोको १० बर्षसम्मको दबदबालाई चिर्दै जितेका थिए । 

मेसीले सन् २०१५ मा अन्तिम पटक पाँचौ पटक बेलुन डोअर जितेका थिए भने यस बर्षको फिफा बर्ष खेलाडीको अवार्ड पछि मेसी छैठौ बेलुन डोअरको प्रतिक्षा रहेका छन् ।

त्यस्तै रोनाल्डोले २०१७ मा बेलुन डोअर पाँचौ पटक जितेका थिए भने उनी पनि छैठौ पटक जित्ने आशामा रहेका छन् ।

फ्रेन्च फुटबलले बेलुन डोअर आगामी डिसेम्बर २ मा एक कार्यक्रमका बीच दिने घोषणा गरेको छ ।

बेलुन डोअरका ३० मनोनयनमा परेका खेलाडी :

लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डाइक, मोहमद सलाह, साडियो माने, सर्जियो अग्युरो, फ्र्यांकी डि जोंग, दुसान ताडिक, हुगो लोरिस, किलीयन एम्बाप्पे, ट्रेन्ट एल्क्जेन्डर आर्नोल्ड, डोनी भान डि बीक, पिएरे एमरिक आउबामेयांग, एलिसन, माथिस डि लाइट, करिम बेन्जमा, जिओर्जिन्हो विज्नाल्डम, बेर्नार्डो सिल्भा, हयूंग मिन सन, रोबेर्टो लेवानडोस्की, रोबेर्टो फिर्मिनो, एन्टोनी ग्रीजम्यान, केभिन डि ब्रुने, रियाज महरेज, कालिड़ोउ कोउलीबाली, इडेन हजार्ड, रहिम स्टरलिङ, जोआओ फेलिक्स, मार्क्वुन्होस र मार्क एन्द्रे टेर स्टेगन ।                                       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै