• २०८१ बैशाख ८ शनिबार

पटका सहित दुई पक्राउ

kharibot

लहान । प्रहरीले करीब ५० हजार बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो ।

यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट आज बिहान ३ बोरा अवैध सुर्ती बरामद गरेको छ ।

भारतबाट नम्बर प्लेट नभएको रातो रङ्गको ग्ल्यामर मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अवैध सुर्ती बरामद गरेको हो ।

प्रहरी टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै