• २०८१ बैशाख ७ शुक्रबार

बेलुन डोअरको मनोनयनमा किन परेनन् नेइमार ? 

kharibot

काठमाडौँ । यस बर्षको बेलुन डोअरको मनोनयन सार्वजनिक गरिएको छ । गएराती सार्वजनिक गरिएको ३० खेलाडीको मनोनयनमा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डीकलगायातका खेलाडी मनोनयनमा परेका छन् । तर यस सुचिमा ब्राजिलियन सुपरस्टार नेइमार भने परेका छैनन् ।

अत्यन्त विवादस्पद र धेरै जसो समय इन्जुरिका कारण मैदान बाहिर रहेका नेइमार सन् २०१० पछि पहिलो पटक बेलुन डोअरको मनोनयनमा नपरेका हुन् ।

नेइमारको 'कालो बर्ष'

यस बर्ष नेइमारको लागि 'कालो बर्षको रुपमा हेरिएको छ । निइमार यस बर्षको सुरुवातमा जनवरी २३ मा घाइते भए । त्यसपछि मार्च ६ मा पिएसजी र म्यानचेस्टर युनाइटेडबीचको खेलको बारेमा सामाजिक संजालमा गरेको कमेन्टका लागि च्याम्पियन्स लिगका ३ खेलमा प्रतिबन्ध लाग्यो । त्यसपछि अप्रिल २७ मा पिएसजीको कोपा डे फ्रान्सको फाइनल खेलमा फ्यानलाई धक्का दिएका थिए । सो घटनाको अधारमा फ्रेन्च फुटबल फेडेरेशनले नेइमारलाई तीन खेलको प्रतिबन्ध लगायो ।

त्यसपछि जुन ६ मा कोपा अमेरिका अगाडी नेइमार फेरी घाइते भए र कोपा बाट बाहिर भए । यस बिचमा नेइमारमाथि एक युवतीले बलात्कारको आरोप लगाइन र सो आरोपबाट नेइमार अगस्ट ९ मा मुक्ति पाए । साथै यस बिचमा नेइमारले पिएसजी छोडेर बार्सिलोना जाने समाचार फुटबल क्षेत्रको हरेक दिनको समाचार बन्यो । तर उनी पिएसजी छोडेर जाने बातावरण बनेन । त्यसपछि सेप्टम्बर १४ मा नेइमार पिएसजीका लागि खेल्न मैदानमा आए । पीएसजीका फ्यानले उनलाई क्लबप्रति लोयल नभएको आरोप लगाउदै उनीमाथि रिस पोखे ।

सो खेलमा नेइमारले विजयी गोल गरेर फ्यानको रिस केहि हदसम्म कम गरेका थिए । त्यसपछि नेइमार अक्टोबर १३ मा ब्राजिलको नाइजेरियाविरुद्धको खेलमा फेरी घाइते भए र अहिले मैदान बाहिर छन् ।

गत सिजनममा पिएसजीका लागि कुल २८ खेल खेलेका नेइमारले २३ गोल गरेका थिए भने यस सिजनमा ५ खेलमा ४ गोल गरेका छन् । त्यस्तै ब्राजिलका लागि यस बर्ष अहिलेसम्म ५ खेल खेल्दै एक गोल गरेका छन् ।                 

बेलुन डोअरको मनोनयन :

२०१६ सम्म फिफासँग संयुक्त रुपमा नै बेलुन डोअर अवार्ड दिने गरिएकोमा त्यसपछि भने फ्रेन्च फुटबल एसोसियसनले अलग्गै बेलुन डोअर दिदै आएको छ ।

गत बर्षको बेलुन डोअर क्रोसियाका लुका मोड्रीचले मेसी र रोनाल्डोको १० बर्षसम्मको दबदबालाई चिर्दै जितेका थिए । 

मेसीले सन् २०१५ मा अन्तिम पटक पाँचौ पटक बेलुन डोअर जितेका थिए भने यस बर्षको फिफा बर्ष खेलाडीको अवार्ड पछि मेसी छैठौ बेलुन डोअरको प्रतिक्षा रहेका छन् ।

त्यस्तै रोनाल्डोले २०१७ मा बेलुन डोअर पाँचौ पटक जितेका थिए भने उनी पनि छैठौ पटक जित्ने आशामा रहेका छन् ।

फ्रेन्च फुटबलले बेलुन डोअर आगामी डिसेम्बर २ मा एक कार्यक्रमका बीच दिने घोषणा गरेको छ ।

मनोनयनमा परेका ३० खेलाडी :

लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, भिर्गिल भान डाइक, मोहमद सलाह, साडियो माने, सर्जियो अग्युरो, फ्र्यांकी डि जोंग, दुसान ताडिक, हुगो लोरिस, किलीयन एम्बाप्पे, ट्रेन्ट एल्क्जेन्डर आर्नोल्ड, डोनी भान डि बीक, पिएरे एमरिक आउबामेयांग, एलिसन, माथिस डि लाइट, करिम बेन्जमा, जिओर्जिन्हो विज्नाल्डम, बेर्नार्डो सिल्भा, हयूंग मिन सन, रोबेर्टो लेवानडोस्की, रोबेर्टो फिर्मिनो, एन्टोनी ग्रीजम्यान, केभिन डि ब्रुने, रियाज महरेज, कालिड़ोउ कोउलीबाली, इडेन हजार्ड, रहिम स्टरलिङ, जोआओ फेलिक्स, मार्क्वुन्होस र मार्क एन्द्रे टेर स्टेगन ।                                        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै