• २०८१ बैशाख ८ शनिबार

सांसदले आफ्नो परीक्षा दिन आफूजस्तै नक्कली परीक्षार्थी पठाएपछी...

kharibot

काठमाडौँ । बंगलादेशकी एक सांसदले आफ्नो सट्टामा परीक्षा दिन आठजना नक्कली परीक्षर्थीको प्रयोग गरेको खुलासा भएको छ ।

मिडिया रिपोर्टका अनुसार सत्तारुढ दलकी सांसद तमन्ना नुसरतले विश्वविद्यालयको स्नातक तहको परीक्षामा नक्कली परीक्षार्थीको प्रयोग गरेको खुलासा भएको हो ।

आफूजस्तै देखिने ८ परीक्षार्थीको प्रयोग गरेर कम्तिमा १३ विषयको परीक्षा दिएको रिपोर्टमा उल्लेख गरिएको छ । सांसद नुसरतको यस गतिविधिलाई बंगलादेशको नागोरिक टिभीले बाहिर ल्याएको हो । टिभी च्यानलले यस बारे जानकारी पाउना साथ परीक्षा हलमा गएर सोधपुछ गर्दा परीक्षा दिइरहेकी नुसरत नक्कली नुसरत रहेको खुलासा भएको हो । टेलिभिजनको टिम पुग्दा नक्कली परिक्षार्थीलाई उनका निजी सुरक्षागार्डले सुरक्षा दिइरहेका थिए । 

यस बारेमा विश्वविद्यालयका अधिकारीलाई थाहा भएपनि उनीहरुले यस अघि कारवाही गरेका थिएनन् ।  तर मिडियामा भिडियोसहित बाहिर आएपछि विश्वविधालयले नुसरतलाई बर्खास्त गरेको छ ।

नुसरत गतबर्षको निर्वाचनमा अवामी लिगबाट चुनाव जितेर सांसद बनेकी थिइन् । खुल्ला विश्विधालय अन्तर्गत उनले स्नातक तहको आर्ट फ्याकेल्टिको परीक्षा दिदा यो प्रकरण बाहिर आएको हो । उनको दलले नुसरतलाई पार्टीको विधान अनुसार कारवाही गर्ने जानकारी दिएको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै