काठमाडौँ । काट क्विन्स काठमाडौँ काठमाडौँमा जारी वुमन्स च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।
आज भएको इलिमिनेटर खेलमा विराटनगर टाइटान्सलाई ९ विकेटले पराजित गर्दै काट क्विन्स फाइनलमा पुगेको हो ।
विराटनगरले दिएको ६९ रनको लक्ष्य पछाएको क्विन्सले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
काट क्विन्सका लागि रुबिना क्षेत्रीले ३४ र अप्सरा क्षेत्रीले २७ रन बनाएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको विराटनगरले १७.३ ओभरमा अल आउट हुदै ६८ रन मात्र बनाएको थियो ।
विराटनगरका लागि सोनु खड्काले सर्वाधिक ३४ रन बनाएकी थिइन् भने ज्योति पाण्डेले १२ र आरति बिडारीले ११ रन बनाएकी थिइन् ।
विराटनगरलाई सस्तैमा समेट्न काट क्विन्सकी रुबिना क्षेत्रीले ४ विकेट लिएकी थिइन् ।
अब काट क्विन्सले उपाधिका लागि विहिबार फाइनलमा चितवन राइनोज वुमन टिमसँग खेल्ने छ । चितवन लिग चरणको खेलमा सबै खेल जितेर प्रथम हुदै सिधै फाइनलमा पुगेको थियो ।