• २०८१ बैशाख १३ बिहीबार

ललितपुरको गोदावरी र ग्वार्कोमा भएको दुर्घटनामा दुई जनाको मृत्यु

kharibot

काठमाडौँ । ललितपुरमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९ चुनिखेलमा बा२ख ५००९ नंको बसले स्थानीयवासी नवीन घिमिरेलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईका अनुसार गाडीले बसले ब्रेक लगाउँदा घिमिरे ढोकाबाट खसेका थिए । चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

आजै ललितपुर महानगरपालिका–८ ग्वार्कोमा बा४ख ९०५५ नंको ट्रकले ठक्कर दिँदा इमाडोल बस्दै आएका सिन्धुपाल्चोकको गोल्छेका ४० वर्षीय राजकुमार तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते पैदलयात्री तामाङको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै