• २०८१ बैशाख ६ बिहीबार

इटहरीको तरहरानजिक डुबेर एकको मृत्यु

kharibot

इटहरी । इटहरी–२० तरहराको तरहरा प्रहरी चौकीनजिकै निर्माणाधीन छ लेन सडकको कल्भर्टमा डुबेर आज एकजनाको मृत्यु भएको छ । 

हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको डुबेर मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको खेतमा घाँस काट्न जाँदा लडेर सडकको नालामा डुबेर उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो ।

यसैबीच इटहरी उपमहानगर–४ बाट बेच्न राखेको पटकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–४ बस्ने विवेक बराललाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।

उनको घरमा रहेको कास्या ट्रेडर्सबाट ३० बण्डल पटकासहित पक्राउ गरेको हो । सो पटका करीब एक लाख १० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै