काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत आयोजक युएई जर्सीसँग पराजित भएको छ ।
मंगलबार सम्पन्न खेलमा जर्सीले युएईलाई ३५ रनले पराजित गरेको हो ।
जर्सीले दिएको १४८ रनको लक्ष्य पछाएको घरेलु टोलि युएई १९.२ ओभरमा ११२ रन बनाएर अल आउट भएको थियो ।
युएईका लागि रोहन मुस्तफाले २८ र चिराग सुरीले २७ रन बनाए भने दरिउस डिसिल्भाले १४ र अहमद राजाएल १३ रनको योगदान दिए ।
जर्सीका बलर बेन स्टेभेन्स र हारिसन कार्लियोनले ३-३ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको जर्सीले २० ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो । जर्सीका लागि बेन्जामिन वार्डले सर्वाधिक ४७ रन बनाए भने जोंटी जेन्नेरले २०, कोरी बिसनले १८, बेन स्टेभेन्स र हारिसन कर्लियोन;ए १६-१६ रन बनाएका थिए ।
युएईका बलर जुनैद सिद्दिकी र जाहूर खानले २-२ विकेट लिएका थिए ।
यो जितपछि जर्सीले ३ खेलमा २ जित हासिल गरेको छ भने युएईको चौथो खेलमा यो दोस्रो हार हो ।