• २०८१ बैशाख ७ शुक्रबार

डिबालाले दुई गोल गर्दै युभेन्टसलाई जिताए

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत इटालियन क्लब युभेन्टसले जित हासिल गरेको छ ।

समुह डि अन्तर्गत युभेन्टसले रसियन क्लब लोकोमोटीभ मस्कोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले २ मिनेटमा २ गोल गरेर युभेन्टसले लाई जिताएका छन् । यस अघि खेलको ३०औ मिनेटमा मस्कोका अलेक्से मिरानचुकले सुरुवाती गोल गर्दै युभेन्टसमाथि अग्रता लिएको थियो ।

तर डिबालाले खेलको ७७औ र ७९औ मिनेटमा गोल गर्दै युभेन्टसलाई हार बाट बचाएका थिए ।

यो जितपछि समुह डि मा युभेन्टसको ३ खेलमा ७ अंक भएको छ भने अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । त्यस्तै मस्कोको ३ खेलमा ३ अंक रहेको छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै