• २०८१ बैशाख ६ बिहीबार

च्याम्पियन्स लिगमा पिएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले क्लब ब्रुगेमाथि सहज जित हासिल गरेको छ ।

समुह ए अन्तर्गत गएराती सम्पन्न खेलमा पिएसजीले क्लब ब्रुगेलाई ५-० गोल अन्तरले पराजित गरेको छ ।

पिएसजीको जितमा किलीयन एम्बाप्पेले ह्याट्रिक गरेका छन् । एबाप्पेले खेलको दोस्रो हाफमा तिनै गोल गरेका थिए । त्यस्तै अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीले २ गोल गरेका छन् ।

यो जितपछि पिएसजी समुह ए बाट अन्तिम १६ को नजिक पुगेको छ । अहिलेसम्म खेलेका ३ खेलमा तिनै खेल जितेर ९ अंक हासिल गरेको पिएसजी शिर्ष स्थानमा रहेको छ ।

क्लब ब्रुगेको भने ३ खेलमा २ अंक रहेको छ र समुहमा ए मा तेस्रो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै