• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको जित, स्टरलिङको ह्याट्रिक

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले लगातार तेस्रो जित हासिल गरेको छ ।

समुह सी अन्तर्गतको खेलमा म्यानचेस्टर सिटीले एटलान्टालाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

सिटीको जितमा रहिम स्टरलिङले ह्याट्रिक गरेका छन् भने सर्जियो अग्युरोले दुई गोल गरेका छन् । एटलान्टाका लागि एक गोल रुस्लान मलिनोभस्कीले एक गोल गरेका छन् ।

खेलको फिल फोडेनले खेलको ८२औ मिनेटमा रातो कार्ड पाएर मैदान छोडेपछि सिटी १० खेलाडीमा सिमित भएको थियो ।

यस सिजनको च्याम्पियन्स लिगमा सिटीको लगातार तीन जित हासिल गरेको छ । समुह सी मा सिटीको ३ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने सिटी अन्तिम १६ मा छनौटको नजिक पुगेको छ । एटलान्टाको भने लगातार तीन हार बेहोरेको छ ।               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै