• २०८१ बैशाख १३ बिहीबार

स्वास्थ्य सचिव डा. चौधरीद्वारा राजीनामा  

kharibot

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले राजीनामा दिएकी छन् ।

सचिव चौधरीको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृति गर्नुपर्ने हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरुको अनुसार सचिव चौधरीले डब्लुएचओमा जागिर खानका लागि सरकाविरुद्ध सर्वोच्च अदालतमा हालेको मुद्दा समेत फिर्ता लिएर राजीनामा दिएकी हुन् ।

मुद्दा फिर्ता लिनु अघि उनले मुख्यसचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन् ।

संघीय निजामती सेवा ऐन, २०७५ सदनबाट समयमा नै पारित नहुँदा सचिव चौधरीले डब्लुएचओको पी-फाइभ पदमा जागिर खान जानका लागि चलखेल गर्ने अवसर पाएकी हुन् ।

सो विधेयकमा सहसचिव र सचिवलाई अवकाश लिनेबित्तिकै एनजिओ, आइएनजिो, कन्सल्टेन्टी, विकासका आयोजना तथा संवैधानिक अंगलगायतका लाभका पदमा जान रोक लगाएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै