• २०८१ बैशाख ६ बिहीबार

टी-२० विश्वकपमा को को हुदैछन् छनौट ?

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत अहिले १४ देशले प्रतिष्पर्धा गरिरहेका छन् । युएईमा जारी विश्वकप छनौट प्रतियोगितामा दुई समुहमा विभाजीत १४ देश आ-आफ्नो समुहमा लगभग आधा खेल खेलिसकेका छन् ।

एक टिमले ६-६ खेल खेलिने यस प्रतियोगितामा दुवै समुहका शिर्ष ३ टिम गरि कुल ६ टिम विश्वकपको पहिलो चरणमा प्रवेश गर्ने छन् ।

अहिले समुह ए मा नेदरल्याण्डस, पपुवा न्युगिनी, स्कटल्याण्ड, सिंगापुर, केन्या, नामिबिया र बर्मुडा रहेका छन् भने समुह बि मा क्यानाडा, जर्सी, आयरल्याण्ड, युएई, ओमान, हङकङ र नाइजेरिया रहेका छन् ।

अहिलेसम्मको खेलमा समुह ए मा नेदरल्याण्डसले खेलेका तिनै खेल जितेको छ र ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै पिएनजीले ३ खेल खेल्दै २ खेल जितेर ४ अंक बटुलेर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यस्तै सिंगापुरले ३ खेलमा २ खेल जितेर ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै समुह ए मा केन्या र नामिबियाले ३-३ खेलमा २-२ खेलमा हार बेहोरेका छन् भने बर्मुडाले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ ।

त्यस्तै समुह बि मा क्यानाडाले खेलेका दुवै खेलमा जित हासिल गरेर ४ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै जर्सि, आयरल्याण्ड र ओमानले ३-३ खेलमा २-२ खेल जितेर ४-४ अंक हासिल गर्दै दोस्रो, तेस्रो र पाँचौ स्थानमा रहेका छन् ।

त्यस्तै आयोजक युएईले ४ खेलमा २ खेल जितेर ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै हङकङले अहिलेसम्म खेलेका तिनै खेलमा हार बेहोरेको छ भने नाइजेरियाले खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

यसरि अहिलेसम्मको खेल हेर्दा समुह ए मा तीन स्थानका लागि नेदरल्याण्डस, पिएनजी, स्कटल्याण्ड र युएईको प्रतिष्पर्धा हुने देखिएको छ भने समुह बि मा तीन स्थानका लागि ५ टिमको प्रतिष्पर्धा हुने देखिएको छ ।

दुवै समुहका शिर्ष ३ टिम गरि कुल ६ टिमले अर्को बर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपको पहिलो चरणमा पुग्ने छन् । ६ टिमले बंगलादेश र श्रीलंकासँग दुई समुहमा विभाजन भएर पहिलो चरणको विश्वकप खेल्ने छन् । जसबाट २-२ टिम छनौट भएर विश्वकपको अन्तिम चरणमा पुग्ने छन् ।                      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै