जनकपुर । जनकपुरमा एक जना व्यावसायीको गोली हानी हत्या भएको छ ।
हत्या हुनेमा जनकपुर वडा नम्बर २ वकिल टोलका शिव आयलका सञ्चालक मनोज साह छन् ।
साहलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले जनकपुर १४ मुझेरीयाका पंकज चौधरीलाई पक्राउ गरेको छ । चौधरी स्थानीय ठेकेदार हुन् ।
साहले डिजलको पैसा लिन चौधरीको घरमा गएको बेला विवाद हुँदा उनीमाथि गोली प्रहार भएको आरोप साह परिवारको छ । साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।