• २०८१ बैशाख ६ बिहीबार

ब्राजिलियाली राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चीन आउने

kharibot

फाइल तस्विर । 

बेइजिङ । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा जाने भएका छन् ।

ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो ।

सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका हुन् ।

चीनमा रहँदा उनले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्ने कार्यक्रम तय भएको छ ।

उनिहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै