• २०८१ बैशाख ११ मंगलबार

स्थगित एल क्लासिकोको नयाँ मिति सार्वजनिक

kharibot

काठमाडौँ । स्पेनको काटालानमा चलिरहेको आन्दोलनका कारण स्थगित भएको एल क्लासिकोको नयाँ मिति सार्वजनिक गरिएको छ ।

स्पेनिस फुटबल फेडेरेशनले यस सिजनको पहिलो एल क्लासिको डिसेम्बर १८ मा गर्न प्रस्ताव गरेको हो । यस अघि अक्टोबर २६ मा हुने भनिएको बार्सिलोना र रियल म्याड्रिडबीचको यस महत्वपूर्ण खेल बार्सिलोनामा भएको आन्दोलनका कारण स्थगित भएको थियो ।

स्पेनिस फुटबल फेडेरेशनले एल क्लासिकोको नयाँ मिति घोषणा गर्दै यस मितिमा खेल्न दुवै क्लब राजी भएको जानकारी दिएको छ । फेडेरेशनले यस अघि दुवै क्लब यस बर्ष होम र अवे गरि हुने दुई एल क्लासिकोको भेन्यु अघिपछि गर्न अनुरोध गरेपनि दुवै क्लबले त्यसो गर्न अश्विकार गरेका थिए । 

आन्दोलनका कारण बार्सिलोनाका विमानस्थल अवरुद्ध भएका कारण ला लिगाका खेलहरु प्रभावित हुने भनिए पनि अहिलेसम्म भने सबै खेल समयमा नै भैरहेका छन् ।

कटालानाका नेताहरुलाई सर्वोच्च अदालतले जेल सजायको घोषण गरेपछि बार्सिलोनामा फेरी आन्दोलन शुरु भइरहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै