• २०८१ बैशाख ६ बिहीबार

साझा पार्टीले कास्की-२ मा रजनी केसीलाई उम्मेदवार बनायो 

kharibot

काठमाडौं । साझा पार्टीले कास्की क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

५–६ कात्तिकमा पोखरामा बसेको केन्द्रीय समितिको बैठकले केसीलाई जिल्ला र क्षेत्रीय समितिको सिफारिसअनुसार उम्मेदवार चयन गरेको हो । 

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर केसी साझा पार्टी प्रवेश गरेकी थिइन् । 

उनले जनसंख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् । केसीसँग सुरक्षित मातृत्व सञ्जाल महासंघ, नेपाल परिवार नियोजन संघलगायत विभिन्न संस्थामा काम गरेको अनुभव छ । 

आगामी १४ मंसीरमा रिक्त प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका लागि उपनिर्वाचन हुँदैछ । कास्की क्षेत्र नम्बर २ बाट तत्कालीन नेकपा एमाले (वाम गठबन्धन)को तर्फबाट पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । 

गत १५ फागुनमा हेलिकप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधि सभाको लागि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै