• २०८१ बैशाख ८ शनिबार

महिन्द्राको स्पेयर पार्टस बिक्री कक्ष अब गनापुर नेपालगन्जमा

kharibot

काठमाडौँ । अग्नि ग्रुपअन्तर्गतको बालाजु अटो वर्क्सका आधिकारिक विक्रेता गनापुर अटो वर्क्स सर्भिस सेन्टरले महिन्द्रा गाडिहरुको लागि हालै स्पेयर पार्टसहरु तथा लुब्रिकेन्ट बिक्री गर्ने उद्देश्यसहित नेपालगन्जको गनापुरमा यही कात्तिक ६ गते आधिकारिक बिक्री कक्षको विस्तार गरेको छ ।

स्पेयर पार्टस्, एक्सोसरिज एवं लुब्रिकेन्टहरु बिक्री गरिने बिक्री केन्द्रको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका  केन्द्रिय सदस्य एवं नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अधक्ष्य कृष्ण प्रसाद श्रेष्ठ र गनापुर अटो वर्क्स सर्भिस सेन्टरका प्रबन्ध निर्देशक पर्थ भुसालका साथै बालाजु अटो वर्क्सका प्रतिनिधिहरुद्वारा संयुक्त रूपमा गरिएको थियो ।

गनापुर, नेपालगन्जमा स्थापना गरिएको गनापुर अटो वर्क्स सर्भिस सेन्टरका विक्री कक्षबाट जेन्युन पार्टस् सहज रुपमा उपलब्ध हुने छ । साथै आगामी दिनहरुमा कम्पनी एवं ग्राहकबीचको सम्बन्धलाई अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै