कुमारी बैंक र एनबीआईको संयुक्त वित्तिय साक्षरता अभियान

खरीबोट

काठमाडौ । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ्ग ईन्स्टिच्युटसंग वित्तिय साक्षरता कार्यक्रम सम्बन्धी सहकार्य गरेको छ ।

आजको समयमा वित्तिय जागरूकता अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त सहकार्यात्मक सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । विज्ञान र प्रविधिको द्रुत विकासले परेको सकारात्मक प्रभावसँग एक–साथ अघि बढ्न र आफूलाई वित्तिय स्वतन्त्रता तथा आत्मनिर्भरता तर्फ लम्काउने प्रयत्नका साथ सो कार्यक्रम बैंकले सम्पन्न गरेको जनाएको छ । 

बैंक तथा वित्तिय संस्था, तिनीहरुका विविध सेवाहरू, निक्षेप तथा कर्जाका उपकरणहरूको सही प्रयोग गरी वित्तिय पहुँच एवं समावेशिताको मूल लक्ष्यसहित पाल्पाका चार स्थानस् मुझुङ्ग, यम्घा, बराङ्गदी तथा भुवनपोखरीमा त्यहाँका वासिन्दालाई आधारभूत वित्तीय शिक्षा, परामर्श एवं प्रशिक्षण दिई सम्पन्न गरेको छ ।

यस्ता अभियान पश्चात् स्थानिय वासिन्दाहरुमा चक्रवृत्ति व्याजजस्तो मर्कादायी चक्रव्यूहबाट बच्न सक्ने ज्ञान र आधार हुने बैंकको विश्वास छ । बराङ्गदीमा बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिश ताम्राकार ज्यूको अध्यक्षतामा प्रदेश नं ५ का प्रदेश–सभासद डा. पुरन्वान बज्राचार्य, शाखारहित बैंकिङ्ग  एजेन्ट गण बहादुर बुढाथोकी, बैंकका उच्चपदस्थ अधिकारीहरू तथा स्थानिय व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ ।

यसैगरी, मुझुङ्गमा शाखारहित बैंकिङ्ग एजेन्ट गणेश बहादुर राना, यम्घामा शाखारहित बैंकिङ्ग एजेन्ट दया राज बस्याल तथा भुवनपोखरीमा शाखारहित बैंकिङ्ग एजेन्ट प्रेम प्रसाद श्रेष्ठसहित स्थानीय निकायका प्रतिनिधिहरु र बैंकका अधिकारी तथा स्थानिय एवं वासिन्दा व्यवसायिक प्रतिनिधिहरूको माझ सम्पन्न भएको छ । सोही अवसर पारि बैंकले शाखारहित बैंकिङ्गको पनि समुद्घाटन एकै साथ गरेको छ ।

विगत १९ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका १०७ शाखा संजाल, ९६ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ८ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  
 

सम्बन्धित समाचार

कुमारी बैंकद्धारा कमल आधारभूत विद्यालयलाई सहयोग

काठमाडौ । कुमारी बैंकले का.म.न.पा.–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयलाई सहयोग गरेको छ । बैकले विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिदैं उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई

कुमारी बैंक र एनबीआईको संयुक्त वित्तिय साक्षरता अभियान

काठमाडौ । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ्ग ईन्स्टिच्युटसंग वित्तिय साक्षरता कार्यक्रम सम्बन्धी सहकार्य गरेको छ । आजको समयमा वित्तिय जागरूकता अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त सहकार्यात्मक सम्झौता गरिएको बैंकले जानकारी

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सहकार्य

काठमाडौ । कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी याँस आयातकर्ता एवम् विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ । सो सहकार्य पश्चात्

कुमारी बैंकको साधारण सभा सम्पन्न : १० प्रतिसत बोनस शेयर दिने

काठमाडौ । कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण,


z