तिब्बत भ्रमण उपलब्धिमूलक भयो : मुख्यमन्त्री शाही

खरीबोट

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १० दिने तिब्बत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । तिब्बत भ्रमण सकेर स्वदेश फर्किएका मुख्यमन्त्री शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनको तिब्बतका विभिन्न प्रदेशहरुको भ्रमण फलदायी भएको बताएका हुन् । 

पत्रकारसँग कुरा गर्दै उनले तिब्बतका विभिन्न शहरमा भएको विकास पूर्वाधारसम्बन्धी भौतिक संरचनाहरुको अवलोकनबाट त्यहाँको पूर्वाधार एवम् विकास विश्वमै नमूनाको रुपमा रहेको पाइएको बताए ।

“भ्रमणको क्रममा मैले विशेषगरी कर्णाली प्रदेशको राजधानी सुर्खेतको चक्रपथ र सुर्खेतदेखि बर्दियासम्मको सुरुङ मार्गको निःशुल्क सर्भे गरिदिन तिब्बत सरकारसँग छलफल गरे”, मुख्यमन्त्री शाहीले भने, “यो विषयमा त्यहाँको सरकार सकारात्मक छ ।” यस विषयमा वातावरण बनाएर सङ्घीय सरकारले अनुमति दिए त्यहाँको सरकारको लगानीमा चक्रपथ बनाउने भन्ने कुरा भएको उनले बताए । 

पूर्वाधारसम्बन्धी काम गर्दै आएको कम्पनीसँग छलफल गरेको जनाउँदै उनले त्यसले विकास गरेका विभिन्न भौतिक संरचना पनि हेरिएको जनाए । समुन्द्रमाथि बनाइएको सबैभन्दा लामो सडक, समुन्द्रभित्र बनाइएको सुरुङ मार्ग, एकीकृत बस्ती विकासको ढाँचा पनि अवलोकन गरिएको उनको भनाइ थियो ।

“तिब्बतको सिचुवान प्रान्तमा एकीकृत बस्ती विकासको अवलोकनले कर्णाली प्रदेश सरकारले लिएको एकीकृत बस्ती विकासको नीतिगत योजना निर्माणमा सहयोग पुग्ने विश्वास मिलेको छ”, उनले भने, “छिन्ताओको एकीकृत बस्ती विकासको मोडल कर्णालीमा सम्भव हुन सक्ने भएकाले सङ्घीय सरकारले अनुमति दिएमा र सम्झौता गर्ने स्थिति बनेमा बनाइदिन सक्छौँ भन्ने इच्छा त्यहाँका कम्पनीहरुले देखाएका छन् ।” प्रदेशले त सिधैँ सम्झौता गर्न नमिल्ने उनले बताए । 

त्यसैगरी, तिब्बतका विभिन्न कम्पनीहरुसँग भएको छलफलमा कर्णाली प्रदेशको पर्यटन, पूर्वाधार, कृषि, एकीकृत बस्ती विकास र जडिबुटीमा लगानी गर्ने सकरात्मक कुराकानी भएको बताउँदै उनले कर्णाली र सान्ताउ प्रदेशबीच भगिनी सम्बन्ध जोड्ने र त्यसो नभएको खण्डमा वीरेन्द्रनगर र त्यहाँको सान्ताउ सिटीबीच भगिनी सम्बन्ध जोड्ने कुरा भएको जनाए ।  

तिब्बत सरकारले हिमालयसँग जोडिएका विभिन्न देशहरुको सहभागितामा बिआरआइसम्बन्धी तीनदिने कार्यक्रमको आयोजना गरेको थियो । त्यो कार्यक्रममा बङ्गलादेश, नेपाल, पाकिस्तान, म्यान्मार, मङ्गोलियालगायतका देशका मन्त्री, मुख्यमन्त्रीसहित सरकारका प्रतिनिधिहरुको सभागिता जनाउने क्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री शाही असोज २७ गते तिब्बत प्रस्थान गरेका थिए । 
 

सम्बन्धित समाचार

नयाँ दिल्ली आगलागी अपडेट : पीडितलाई प्रधानमन्त्री र मुख्यमन्त्रीद्वारा राहत घोषणा

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा भएको आगलागीका पीडितहरुलाई प्रारम्भिक राहतको घोषणा गरेका छन्।  प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिनेगरी उनले आईतबार राहतको घोषणा गरेका

प्रदेश ३ का मुख्यमन्त्री पौडेलद्वारा नेपाली खेलाडीको प्रशंसा

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गरेका छन्। आज एक सन्देशमार्फत मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरुआत अत्यन्तै सुखद ढङ्गले

मुख्यमन्त्री राई भन्छन् - १० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ 

विराटनगर । सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत रु एक अर्व २३ करोड ६४ लाखको विभिन्न चार योजना सार्वजनिक गरेको छ । ती योजनाहरुमा दुहवी नपा–७ मा रु ९३ करोड ३१

सुशासनका लागि कर्मचारीतन्त्र बाधक : मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र नफेरिएसम्म सुशासनको प्रत्याभूत हुननसक्ने बताएका छन्। अमेरिकी राजदूतावासको सहयोग र पोखरा उद्योग वाणिज्य सङ्घको समन्वयमा स्थानीय सरकारका पदाधिकारीलाई सुशासन सम्बन्धी तीन दिने तालीमको


z