विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते

खरीबोट

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जीतपुरमा विद्यालयको बरण्डा भत्किँदा ३६ विद्यार्थी घाइते भएका छन् ।

तारकेश्वर नगरपालिका–३ मा रहेको तारकेश्वर विद्याकुञ्ज सेकेण्डरी स्कुलको पहिलो तल्लामा रहेको बरण्डा भत्किँदा सोही विद्यालयका ३६ विद्यार्थी घाइते भएका हुन् । 

घाइते विद्यार्थीको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारका प्रमुख, प्रहरी नायब निरीक्षक चन्द्र अधिकारीले एकतला माथि बसेर विद्यालयको फुटबल प्रतियोगिता हेरिरहेको अवस्थामा दुर्घटना भएको जानकारी दिए । 

दुर्घटनामा नौ वर्षीय सुमिका लामा र १० वर्षीय सन्जु थिङ गम्भीर घाइते भएका छन् । लामाको टाउकोमा र थिङको च्युँडोमा चोटपटक लागेको अधिकारीले बताए । 

विद्यालयका प्राचार्य दीपक धितालले बरण्डामा बसेर खेलकूद प्रतियोगिता हेरिरहेको अवस्थामा भत्किएर दुर्घटना भएको उनले जानकारी दिए । घाइते हुनेमा कक्षा ३ देखि ६ कक्षामा पढ्ने विद्यार्थी रहेको प्राचार्य धितालले बताए ।

गम्भिर चोट लागेर अस्पताल भर्ना हुने घाईतेको सङ्ख्या बढ्दो रहेको प्रहरीले जनाएको छ ।  
 

सम्बन्धित समाचार

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

सर्लाही । वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा

बस दुर्घटनामा १२ घाइते

राँझा । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको

भालुको आक्रमणबाट युवक गम्भीर घाइते

बाजुरा । भालुको आक्रमणमा परी एक युवक घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटाका ३३ वर्षीय दीर्घबहादुर थापा रहेका छन्। आज बिहान गाउँमाथिको खोया लेकमा पशुचौपायाका लागि घाँस काट्न

इरानमा भूकम्प जाँदा पाँचको मृत्यु, १२० घाइते

तेहरान । इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान २:१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले


z