• २०८१ बैशाख ८ शनिबार

सलमान खानको फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खानको फिल्म दबंग-३ को ट्रेलर सार्वजनिक भएको छ ।

एक्सन प्याक ट्रेलरमा सलमान खानको जादु चल्ने निश्चित देखिन्छ । यस अघिका दुई फिल्म जस्तै यस फिल्ममा पनि सलमान चुलबुल पाण्डेको भूमिकामा रहेका छन् ।

प्रभुदेवाले निर्देशन गरेको दबंग-३ लाई सलमानकै भाई अरबाज खानले निर्माण गरेका हुन् । यस फिल्ममा दक्षिण भारतका चर्चित अभिनेता एवं मख्खी फेम अभिनेता सुदीप निगेटिभ भूमिकामा रहेका छन् ।

फिल्ममा अभिनेत्री सोनाक्षी सिन्हाले सलमानकी पत्नीको भूमिका निभाएकी छन् । सोनाक्षीले दबंगको पहिलो फिल्मबाट नै बलिवुडमा डेभ्यु गरेकी हुन् । उनी दबंग सिरिजमा अहिलेसम्म छुटेकी छैनन् । फिल्ममा अभिनेता महेश मन्ज्रेकरकी कान्छी छोरी साइ मंज्रेकरले बलिवुड डेभ्यु गर्दै छिन् । फिल्म आगामी डिसेम्बर २० मा रिलिज हुदै छ ।

फिल्मको ट्रेलर :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै