हिउँले पुरिएर युवकको मृत्यु

खरीबोट

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा हिउँमा पुरिएर आज एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

पोखरा–५स्थित पस्र्याङ बस्ने १८ वर्षीय सञ्जय खनालको मृत्यु भएको गण्डकी प्रहरी प्रदेशको कार्यालय पोखराले जनाएको छ ।

कास्कीको अन्नपूर्ण–११ स्थित देउराली बेस क्याम्पनजिक बगरमा तीन पोखरेली युवक हिउँको चट्टान फुटेर पुरिएपछि दुई जनाको उद्धार गरी पोखरा ल्याइएको छ । 

उनीहरु सो क्षेत्र घुम्नका लागि गएका थिए । उद्धार गरी पोखरा ल्याइएका पोखरा–११ बस्ने २० वर्षीय सन्तोष बाँस्तोला र पोखरा–५ बस्ने १८ वर्षीय निरञ्जन कोइरालालाई पोखरा मणिपाल अस्पतालमा भर्ना गरिएको छ ।

दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा  घान्द्रुकबाट प्रहरी टोली खटाइएको छ ।
 

सम्बन्धित समाचार

सङ्खुवासभाको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले

जीपको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीको गोदावरी नगरपालिका–२ तेघरीमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–२ का देवराम टमटा रहेका प्रहरीले जनाएको छ । बुधबार कञ्चनपुरबाट डडेल्धुरातर्फ गइरहेको से

मौरीको टोकाइबाट एक बालकको मृत्यु, पाँच घाइते

सर्लाही । वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा

हेलिकोप्टर दुर्घटनामा दुई अमेरिकी सैनिकको मृत्यु

काबुल । अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ  ।  हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । यद्यपी


z