• २०८१ बैशाख ८ शनिबार

विश्वकप छनौटमा केन्यासँग हार्यो सिंगापुर 

kharibot

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत केन्याले सिंगापुरलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा केन्याले सिंगापुरलाई ७ विकेटले पराजित गरेको हो ।

सिंगापुरले दिएको १५८ रनको लक्ष्य पछाएको केन्याले १८.५ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

केन्याको जितमा इरफान करीमले अविजित ७१ रन बनाएका थिए । त्यस्तै अमन गान्धीले ५० रन बनाए । त्यस्तै कोलिन्स ओबूयाले १६ रन बनाएका थिए ।

सिंगापुरका बलर अमजद मह्बूबले २ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन बनाएको थियो । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४० रन बनाए भने अरित्रा दत्तले ३३ रन बनाएका थिए । त्यस्तै टीम डेविडले २९ तथा मनप्रीत सिंहले २४, नविन परामले २१ रन बनाएका थिए ।

केन्याका बलर एलिजाह ओटीएनो र लुकास ओलुओचले ३-३ विकेट लिएका थिए । त्यस्तै शेम एंगोचेले २ विकेट लिएका थिए ।

जितसहित केन्याको ४ खेलमा २ जित र २ हारसहित ४ अंक बटुलेर चौथो स्थानमा उक्लिएको छ भने सिंगापुर पनि ४ खेलमा २ जित २ हारसहित ४ अंक लिएर पाँचौ स्थानमा झरेको छ ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै