बंगलादेशविरुद्ध खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

खरीबोट

काठमाडौँ । भारतले बंगलादेशविरुद्ध हुने टी-२० र टेस्ट सिरिजका लागि खेलाडी घोषणा गरेको छ ।

भारतीय टिममा टी-२० सिरिजमा नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ भने रोहित शर्मालाई टी-२० को कप्तान बनाइएको छ ।

त्यस्तै खराब फर्मबाट गुज्रिरहेका रिषव पन्त र संजु सामसनलाई टिममा समावेश गरिएको छ । मुम्बईका अलराउन्डर शिवम दुवेले पहिलो पटक टी-२० टिममा स्थान पाएका छन् ।

त्यस्तै विश्वकप पछि क्रिकेट नखेलेका पुर्व कप्तान महेन्द्र सिंह धोनी बंगलादेशविरुद्धको सिरिजमा पनि अनुपस्थित रहेका छन् ।

भारतले बंगलादेशविरुद्ध तीन टी-२० र २ टेस्ट खेलको सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल आगामी नोभेम्बर ३ देखि शुरु हुने छ ।

टी-२० सिरिज खेल्ने टिम : रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, संजु सामसन, श्रेयस अय्यर, मनिष पाण्डे, रिषव पन्त, वाशिंटन सुन्दर, क्रुनाल पाण्डेय, युजवेंद्र चहल, राहुल चहर, दीपक चहर, खलील अहमद, शिवम दुवे र शार्दुल ठाकुर ।

टेस्ट सिरिज खेल्ने टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, मयंक अग्रवाल, चैतेस्वर पुजारा, आजिख्य रहाने, हनुमा विहारी, रिद्धिमान शाह, रविन्द्र जडेजा, आर आश्विन, कुलदीप यादव, मोहमद सामी, उमेश यादव, इशान्त शर्मा, शुभमन गील र रिषव पन्त ।                    
 

सम्बन्धित समाचार

दोस्रो टी-२० मा भारतमाथि वेस्टइन्डिजको सहज जित

काठमाडौँ । वेस्टइन्डिजले जारी टी-२० सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टइन्डिजले भारतमाथि ८ विकेटको जित हासिल गरेको हो । भारतले दिएको १७१ रनको लक्ष्य पछाएको

वेस्टइन्डिजमाथि भारतको कीर्तिमानी जित 

काठमाडौँ । भारतले वेस्टइन्डिजविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा भारतले वेस्टइन्डिजमाथि ६ विकेटको सहज जित हासिल गरेको हो । वेस्टइन्डिजले दिएको २०८ रनको

अस्ट्रेलियाद्वारा पाकिस्तानविरुद्धको टेस्ट सिरिज क्लिन स्वीप

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको दोस्रो टेस्ट इनिंग र ४८ रनले जित हासिल गर्दै सिरिजमा २-० ले क्लिन स्वीप गरेको छ । पाकिस्तान दोस्रो इनिंगमा २३९ रन बनाएर अल आउट भएपछि

भारतविरुद्ध खेल्ने वेस्टइन्डिज टिमको घोषणा, गेल र रसेल बाहिर

काठमाडौँ । वेस्टइन्डिजले भारतविरुद्धको टी-२० र एकदिवसीय खेलका लागि आफ्नो टिमको घोषणा गरेको छ । वेस्टइन्डिजले घोषणा अग्रेको टिममा क्रिस गेल र आन्द्रे रासेललाई टिममा राखेको छैन । ६ डिसेम्बरदेखि शुरु


z