• २०८१ बैशाख ७ शुक्रबार

बंगलादेशविरुद्ध खेल्ने भारतीय टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । भारतले बंगलादेशविरुद्ध हुने टी-२० र टेस्ट सिरिजका लागि खेलाडी घोषणा गरेको छ ।

भारतीय टिममा टी-२० सिरिजमा नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ भने रोहित शर्मालाई टी-२० को कप्तान बनाइएको छ ।

त्यस्तै खराब फर्मबाट गुज्रिरहेका रिषव पन्त र संजु सामसनलाई टिममा समावेश गरिएको छ । मुम्बईका अलराउन्डर शिवम दुवेले पहिलो पटक टी-२० टिममा स्थान पाएका छन् ।

त्यस्तै विश्वकप पछि क्रिकेट नखेलेका पुर्व कप्तान महेन्द्र सिंह धोनी बंगलादेशविरुद्धको सिरिजमा पनि अनुपस्थित रहेका छन् ।

भारतले बंगलादेशविरुद्ध तीन टी-२० र २ टेस्ट खेलको सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल आगामी नोभेम्बर ३ देखि शुरु हुने छ ।

टी-२० सिरिज खेल्ने टिम : रोहित शर्मा (कप्तान), शिखर धवन, केएल राहुल, संजु सामसन, श्रेयस अय्यर, मनिष पाण्डे, रिषव पन्त, वाशिंटन सुन्दर, क्रुनाल पाण्डेय, युजवेंद्र चहल, राहुल चहर, दीपक चहर, खलील अहमद, शिवम दुवे र शार्दुल ठाकुर ।

टेस्ट सिरिज खेल्ने टिम : विराट कोहली (कप्तान), रोहित शर्मा, मयंक अग्रवाल, चैतेस्वर पुजारा, आजिख्य रहाने, हनुमा विहारी, रिद्धिमान शाह, रविन्द्र जडेजा, आर आश्विन, कुलदीप यादव, मोहमद सामी, उमेश यादव, इशान्त शर्मा, शुभमन गील र रिषव पन्त ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै