• २०८१ बैशाख १३ बिहीबार

आर्सनलको जितमा पेपेको दुई गोल 

kharibot

काठमाडौँ । युइएफए युरोपा लिग अन्तर्गत आर्सनलले भिक्टोरिया गुइमारेजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले भिक्टोरियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।

आर्सनलको जितमा निकोलस पेपेले २ गोल गरेका थिए भने गाब्रियल मार्टीनेलले एक गोल गरेका थिए । त्यस्तै भिक्टोरियाका लागि मार्कस एडवार्डस र ब्रुनो डुआर्टेले एक एक गोल गरेका थिए ।

यो जितसहित आर्सनलले समुह एफ अन्तर्गत तिनै खेलमा जित हासिल गर्दै ९ अंक हासिल गरेको छ । त्यस्तै भिक्टोरियाले तिनै खेलमा हार बेहोरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै