अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

खरीबोट

फाइल तस्वीर

बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गरेको विचारमा चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो ।

अमेरिकी उपराष्ट्रपति पेन्सले बिहीबार दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, यहाँको धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेको थियो ।

उनले भने– अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ ।

उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको उनले बताए । चीनले आफ्नो सार्वभौमिकता, यहाँको सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ उनले भने ।

सम्बन्धित समाचार

चीन–अमेरिका व्यापार खुम्चियो

बेइजिङ । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ। चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन्। अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट

चीन–अमेरिका व्यापार खुम्चियो

बेइजिङ । संयुक्तराज्य अमेरिकासँग यस वर्षको नोभेम्बरमा चीनको व्यापारमा कमी आएको छ। चीन र अमेरिकाबीच जारी व्यापार युद्धकै कारण दुई देशबीचको व्यापारमा मन्दी आएको विश्लेषकहरुले बताएका छन्। अघिल्लो वर्षको तुलनामा नोभेम्बरमा चीनबाट

विश्व वैंकद्वारा चीनलाई दिने ऋणमा विस्तारै कमी गरिने

वासिङ्टन । विश्व वैंकको चीनसँगको सम्बन्ध नयाँ चरणमा प्रवेश गरिरहेको र यस परिस्थितिमा आगामी पाँच बर्ष बहुपक्षीय उक्त संस्थाले दिने ऋणमा बिस्तारै कमी आउने बिहीबार उक्त संस्थाले जनाएको छ । चार

प्रचण्डको चीन भ्रमण स्थगित

काठमाडौं ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  आफ्नो चीन भ्रमण स्थगित भएको बताएका छन्। बिहीबार सुदुरपश्चिम प्रदेशको धनगढी पुगेका प्रचण्डले पत्रकारहरूसँग चीन भ्रमण हालका लागि स्थगित गरिएको बताएका


z