• २०८१ बैशाख ११ मंगलबार

अमेरिकी उपराष्ट्रपतिको भनाइप्रति चीनको आपत्ति

kharibot

फाइल तस्वीर

बेइजिङ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले व्यक्त गरेको चीनसँग सम्बन्धित विचारप्रति चीनले आपत्ति जनाएको छ ।

अमेरिकी उपराष्ट्रपति पेन्सले व्यक्त गरेको विचारमा चीनको वास्तविकता र चिनियाँ समाजको वास्तविक प्रणालीको बारेमा विश्व समुदायमा भ्रम फैलाउन खोजिएको भनी चीनले टिप्पणी गरेको हो ।

अमेरिकी उपराष्ट्रपति पेन्सले बिहीबार दिएको अभिव्यक्ति चीनको मानवअधिकारको वास्तविक अवस्था, यहाँको धार्मिक आस्था तथा अन्य सामाजिक प्रणालीकै विरुद्धमा रहेको चीनले प्रतिक्रिया दिएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनिङले शुक्रबार चिनियाँ राजधानी बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सो धारणा राखेको थियो ।

उनले भने– अमेरिकी उपराष्ट्रपति पेन्सले दिएको विज्ञप्ति हाम्रो आन्तरिक मामिलासम्बन्धी कानुन तथा परराष्ट्र नीतिको विरुद्धमा छ ।

उक्त भनाई राजनीतिक रुपमा पूर्णतः बायस भएको उनले बताए । चीनले आफ्नो सार्वभौमिकता, यहाँको सुरक्षा प्रणाली तथा चीनको आफ्नो आन्तरिक मामिलाका विषयमा आउने यस्ता भनाइहरुको कडा रुपमा विरोध गर्दछ उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै