• २०८१ बैशाख ११ मंगलबार

चेल्सीको जितमा पुलिसिकको ह्याट्रिक, चौथो स्थानमा उक्लियो

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले बर्नलीमाथि फर्किलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले बर्नलीलाई ४-२ गोल अन्तरले पराजित गरेको छ ।

चेल्सीको जितमा क्रिस्टियन पुलिसिकले ह्याट्रिक गरेका छन् । पुलिसिकले खेलको २१औ, ४५औ र ५६औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल विलियन्सले गरेका थिए ।

त्यस्तै बर्नलीका लागि जय रोड्रीगेज र डिविट म्याकनेइलले एक एक गोल गरेका थिए ।

जितपछि चेल्सी १० खेलमा २० अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै बर्नली १० खेलमा १२ अंकसहित ११औ स्थानमा रहेको छ ।                 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै